ad ad

राजनीति


सरकारबाट आममाफी पाएका रेशम चौधरी ‘माननीय’!

सरकारबाट आममाफी पाएका रेशम चौधरी ‘माननीय’!

नेपालखबर
साउन १४, २०८० आइतबार १९:५९, काठमाडौँ

गत जेठ १४ गते सरकारकारे सिफारिसमा राष्ट्रपतिबाट आममाफी पाएका रेशमलाल चौधरी अहिले नागरिक उन्मुक्ति पार्टीका संरक्षक हुन्।

२०७२ भदौ ७ गते कैलालीको टीकापुरमा एकजना नाबालक र सातजना सुरक्षाकर्मीसहित आठजनाको ज्यान गएको हत्याकाण्डका मुख्य दोषी रेशमलाई आममाफी दिएकोबारे व्यापक आलोचना भयो। 

उनलाई आममाफी दिएकोबारे सर्वोच्चमा परेको रिटमाथि सुनुवाइ गर्दै सरकारसँग लिखित जवाफ समेत मागिएको छ।

उनी अहिले पार्टीका विभिन्न काममा सक्रिय देखिन्छन्। संघीय सरकारमा पनि उपस्थित रहेको उक्त दलको संरक्षक नेताको रुपमा उनले आफूलाई चिनाउँदै आएका छन्।

बेला बेलामा टेलिभिजन र युट्युबमा अन्तर्वार्तामार्फत आफ्नो उपस्थिति बाक्लो बनाएका चौधरी आइतबार जनकपुरमा आयोजित एक कार्यक्रममा देखा परे। 

त्यहाँ नागरिक उन्मुक्ति पार्टी र नेपाल सद्भावना पार्टीबीच एकीकरणको कार्यक्रम राखिएको थियो। यी दुई पार्टीबीच औपचारिक एकता घोषणा पनि भयो। 

संयुक्त प्रेस विज्ञप्तिमा चौधरी र सद्भावना पार्टीका केन्द्रीय सदस्य रामकुमार महतोले हस्ताक्षर गरेका छन्। तर, एकता घोषणापछि औपचारिक रुपमा सार्वजनिक गरिएको संयुक्त प्रेस विज्ञप्तिले भने प्रश्न उठाएको छ। 

किनभने, चौधरीको नामको अगाडी भने (मा.) लेखिएको छ। उक्त शब्दको अर्थ माननीय भन्ने बुझिन्छ।

यतिबेला चौधरी जिल्ला, उच्च र सर्वोच्चबाट जन्मकैद पाएर पनि आममाफी पाएका नागरिक हुन्। तर, उनी कुनै जनता निर्वाचित सांसद वा राज्यको महत्वपूर्ण पदमा कतै छैनन्। 

नेपालको शासन प्रणाली अन्तर्गत सरकारका उपप्रधानमन्त्री, मन्त्री, राज्यमन्त्री, सहायकमन्त्री, उपसभामुख, राष्ट्रियसभाका उपाध्यक्ष र सर्वोच्च अदालतका न्यायाधीशहरूलाई मात्रै ‘माननीय’ शब्दबाट सम्बोधन गर्ने भनिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .