ad ad

राजनीति


बाढीको क्षतिबारे अवलोकनका लागि नख्खु क्षेत्र पुगे प्रचण्ड

बाढीको क्षतिबारे अवलोकनका लागि नख्खु क्षेत्र पुगे प्रचण्ड

नेपालखबर
असोज १५, २०८१ मंगलबार १५:२३, काठमाडौँ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ललितपुरको नख्खु क्षेत्रमा आएको बाढीको क्षतिबारे स्थलगत अवलोकन गरेर बुझ्न पुगेका छन्। 

मंगलबार दिउँसो सो क्षेत्रमा स्थलगत अवलोकनका लागि पुगेका प्रचण्डले केहीबेर स्थानीयसँग गुनासो सोधपुछ गरेका थिए। 

अध्यक्ष प्रचण्डले सामाजिक सञ्जालमार्फत विपद्मा परेका नागरिकहरूको सहयोग, उद्धार, राहत, पुनस्र्थापना र पुनर्निमाणका लागि पार्टीले स्वयंसेवक परिचालनको अभियान उद्घाटन गरेको पनि जानकारी गराएका छन्। 

साथै, पार्टीका सबै कमिटी, निकाय, जनवर्गीय संगठन र सामाजिक संगठनहरूलाई अभियानमा हातेमालो गर्न पनि अपिल गरेका छन्। 

गत बिहीबारदेखि शनिबारसम्म परेको अविरल वर्षाका कारण नख्खु खोलाले ललितपुरमा ठूलो जनधनको क्षति गरेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .