ad ad

राजनीति


राजीनामापछि शिवमायाले भनिन् : खुसी छु, प्रगतिका लागि उत्साह थपिएको छ

राजीनामापछि शिवमायाले भनिन् : खुसी छु, प्रगतिका लागि उत्साह थपिएको छ

नेपालखबर
माघ ६, २०७६ सोमबार १०:२१,

 उपसभामुखबाट राजीनामा दिएकी डा शिवमाया तुम्बाहाङ्फेले पद छाड्नु परेकाेमा आफूलाई कुनै प्रकारको दुःख नलागेको बताएकी छन्।

सोमबार पदबाट राजीनामा दिए लगत्तै संसदभवन बानेश्वरमै पत्रकार सम्मेलन गर्दै उनले राजीनामापछि आफूमा थप उत्हास आएको बताएकी छन्। ‘उपभामुखबाट राजीनामा गर्दा म अत्यन्त खुशी छु’, उनले भनिन्, ‘राजीनामासँगै मेरो प्रगतिका लागि थप उत्साह मिलेको छ।'

संसदलाई नेतृत्वविहीन अवस्थामा नराख्नका लागि आफूले राजीनामा नदिएको बताउँदै उनले सत्तारुढ दल नेकपाले सभामुखको उम्मेदवारको टुंगो लगायलगत्तै आफूले राजीनामा दिएको बताइन्। ‘संविधानले संसद्लाई नेतृत्वविहीन हुने कल्पना नगरेकाले सभामुखको उम्मेदवारको टुंगो लागेपछि मात्रै राजीनामा दिएकी हुँ’, उनले भनिन्।

उनले आफू नेकपाको नभइ संसदको उपसभामुख भएको र राजीनामा पनि कुनै नेता चतथा पार्टीको आग्रहमा नभइ संविधानले दिएको अधिकार प्रयोग गरेर दिएको बताइन्। ‘नेताले भनेको आधारमा होइन संविधानले दिएको अधिकारको आधारमा मैले राजीनामा गरेही हुँ’, उनले भनिन्।

उपसभामुखबाट राजीनामा गरेसँगै ट्र्याक परिवर्तन भएको उनको भनाइ थियो। उनले आफ्नो दुईवर्षे कार्यकालमा संविधान र कानूनबमोजिम कर्तव्य निर्वाह गरेको जिकिर गरिन्। असोज १४ गतेपछि सभामुख पद रिक्त रहेको असहज परिस्थितिमा संविधानले दिएको अधिकारअनुसार आफूले प्रतिनिधिसभाको नेतृत्व गरेको उनले स्पष्ट पारिन्।

संसद् सचिवालयको कर्मचारीले दुर्व्यवहारको आरोप लगाएपछि तत्कालीन सभामुख कृष्णबहादुर महराले असोज १४ मा पदबाट राजीनामा गदिएका थिए,। गत असोज दोस्रो सातादेखि प्रतिनिधिसभा सभामुखविहीन छ। आइतबार नेकपाको सचिवालय बैठकले अग्निप्रसाद सापकोटालाई सभामुख बनाउने निर्णय गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .