ad ad

राजनीति


सभामुखको निर्वाचन माघ १२ गते हुने

सभामुखको निर्वाचन माघ १२ गते हुने

नेपालखबर
माघ ६, २०७६ सोमबार १०:२३,

माघ १२ गते प्रतिनिधि सभामा सभामुख पदको निर्वाचन हुने भएको छ।

उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिएपछि सोमबार बसेको संसदको दोस्रो बैठकले सभामुख चयन प्रक्रियाको कार्यतालिका सार्वजनिक गरेको हो।

संसदका जेष्ठ सदस्य महन्थ ठाकुरको अध्यक्षतामा सोमबार बसेको संसदको दोस्रो बैठकले सभामुख चयनको निर्वाचन कार्यतालिका सार्वजनिक गर्दै माघ १२ गते निर्वाचन गर्ने मिति तोकेको हो।

सभामुख चयनको लागि गरिने निर्वाचनमा सोमबार नै निर्वाचन अधिकृत तोकिएका छन्। निर्वाचनको प्रक्रिया भने मंगलबारदेखि नै सुरु हुनेछ।

आइतबार बसेको सत्तारुढ नेकपाको सचिवालय बैठकले रिक्त सभामुखमा नेकपाका स्थायी समिति सदस्य अग्निप्रसाद सापकोटालाई उम्मेदवार बनाउने निर्णय गरेको थियो।

संसद सचिवालयमा कार्यरत महिलालाई बलात्कार प्रयासको आरोप लागेपछि असोज १४ गते पदबाट राजीनामा दिएका थिए।

संसद सचिवालयले सार्वजनिक गरेका निर्वाचन कार्यतालिका अनुसार सभामुखको उम्मेदवारका लागि भोलि(मंगलबार) नै मनोनयन हुने भएको छ। मंगलबार बिहान ११ देखि दिउँसो २ बजेसम्म मनोनयन गर्न सकिने संसदका महासचिव मनोहरप्रसाद भट्टराईले जानकारी दिए। परेका उम्मेदवारीको सूची भोलि नै दिउँसो २ः३० बजे सार्वजनिक गरिनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .