ad ad

राजनीति


माओवादीसँगको गठबन्धनबारे सोच्नुपर्छ, गृहमन्त्री एकछिन पनि सत्तामा बस्न मिल्दैन : सुनिल शर्मा

‘राज्यसत्तामा टिकिरहन मलाई पक्राउ गरियो,नैतिकताका आधारमा राजीनामा दिनुस्’
माओवादीसँगको गठबन्धनबारे सोच्नुपर्छ, गृहमन्त्री एकछिन पनि सत्तामा बस्न मिल्दैन : सुनिल शर्मा

नेपालखबर
साउन २६, २०८० शुक्रबार २०:५९, काठमाडौँ

नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्माले राज्यसत्तामा टिकिरहनका लागि आफूलाई प्रधानमन्त्री र गृहमन्त्रीले पक्राउ गराएको आरोप लगाएका छन्। 

शुक्रबार काठमाडौं जिल्ला अदालतले थुनामुक्त गरी अनुसन्धान गर्न आदेश दिएसँगै थुनामुक्त हुनुभएका उनले सो कुरा बताएका हुन्। 

सुन तस्करका संरक्षक स्वयं उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा.प्रकाशशरण महत रहेको दाबी गर्दै ३० वर्ष पुरानो फाइल खोलेर तेस्रो पटक पक्राउ गरेको उनको भनाइ छ। 

‘सुन तस्करका संरक्षकहरु विशेषतः अहिलेको गृहमन्त्री र अर्थमन्त्री उहाँहरुले राजनीनामा दिनुपर्छ। मैले यो मागसहित अनसनको घोषणा गरेको थिएँ। राज्यसत्तामा टिकिरहनका लागि मलाई समातिएको थियो,’ सांसद शर्माले भने, ‘यो ३० वर्ष पुरानो फाइल  मलाई तेस्रो पटक गिरफ्तार गरिएको हो। मेरो एजेण्डामा सबै विपक्षी साथीहरूले उभिएर मेरो पक्षमा आवाज बुलन्द गर्नुभएको छ।’

आफूले आइएको शिक्षा भारतबाट लिएको र सो कुरा अदालतमा प्रमाणित गरेर देखाउने उनले बताए। आफूलाई प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशनमा पक्राउ गरिएको भन्दै शान्ति सम्झौताका लागि वातावरण बनाइदिने आफूलाई प्रधानमन्त्री दाहालले हत्कडी लगाएर गुन तिरेको उनले बताए। 

उनले कांग्रेसलै नेकपा (माओवादी केन्द्र) सँगको सहकार्य तोड्नुपर्ने पनि बताए। 

‘मेरो पिताजीको सरह रोल निर्वाह गर्नुभएको, राष्ट्रनायकको रुपमा उभ्याउनुभएको आफूलाई केपी शर्मा ओली हुनुहुन्छ,उहाँ र उहाँको पार्टीलाई धन्यवाद दिन चाहन्छु र म उहाँलाई भेट्छु पनि। मेरो अडान सुन तस्करका संरक्षकहरु छोड्नु हुँदैन,’ सांसद शर्माले भने, ‘प्रधानमन्त्रीको निर्देशनमा मेरो गिरफ्तारी भएको छ। मैले लगाएको गुनको पैँचो हतकडी लगाएर तिर्नुभएको छ। उहाँलाई शान्ति सम्झौताका लागि गिरिजाबाबुसँग सम्पर्क गराउने मान्छे हामी हौँ। माओवादीसँगको अहिलेको हाम्रो एलाइन्समा सोच्नुपर्छ। यस्तो आतंककारी गृहमन्त्री एकछिन पनि सत्तामा बस्न मिल्दैन,’

सांसद शर्माले आफूलाई बिना कारण पक्राउ गरिएको भन्दै गृहमन्त्रीलै सत्तामा बसिरहन नैतिकताले नदिने पनि बताए। 

शुक्रवार काठमाडौं जिल्ला अदालतले थुनाका लागि म्याद लिन पुगेका सरकारी वकिललाई थुनामा राख्न नपर्ने आदेश गर्दै शर्मालाई थुनामुक्त गरी अनुसन्धान गर्न आदेश दिएको थियो।

सांसद शर्मालाई नक्कली प्रमाणपत्र प्रकरणमा सीआइबीले बिहीवार पक्राउ गरेको थियो। सांसद शर्माले भने आफ्नो शैक्षिक योग्यता नक्कली नभएको प्रमाणित गरेर देखाउने बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .