नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कर तिरेर सुन ल्याउन पाउने व्यवस्थातिर जानुपर्ने बताएका छन्।
कांग्रेस संसदीय दलको सोमबार बसेको बैठकमा बोल्दै देउवाले कर छलेर अवैध बाटोबाट ल्याउन खोज्दा तस्करी बढेको भन्दै अब कर तिरेर भन्सारबाटै सुन ल्याउने व्यवस्था गर्नु पर्ने बताएका हुन्।
नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा तीन दिनसम्म बसेर संसदीय दलको बैठक सकिएको छ। बैठक समापनअघी देउवाले अवैध सुन तस्करीको छानबिन राज्यका निकायबाटै हुनुपर्ने उल्लेख गरे।
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले उच्च स्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग गरेको सन्दर्भमा कांग्रेसले अहिलेलाई सीआईबीले नै सुन तस्करीको छानबिन गर्ने निष्कर्ष निकालेको छ
एमालेको माग सम्बोधन नहुँदा गत साउन १० गतेदेखि संसद बैठक अवरुद्ध भइरहेको छ।
33
Shares
प्रतिक्रिया