ad ad

राजनीति


नेपालले चुच्चे नक्सा राख्न चीन सरकारलाई तत्काल कुटनीतिक नोट पठाउनुपर्छ : एमाले

नेपालले चुच्चे नक्सा राख्न चीन सरकारलाई तत्काल कुटनीतिक नोट पठाउनुपर्छ : एमाले

नेपालखबर
भदौ १८, २०८० सोमबार २०:३३, काठमाडौँ

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले सरकारले चीनलाई तत्काल नेपालको नयाँ नक्सा (चुच्चे नक्सा) लाई मान्यता दिन कुटनीतिक नोट पठाउनुपर्ने बताएको छ।

एमालेका सचेतक महेश बर्ताैलाले चीनले आफ्नो नयाँ नक्सा जारी गर्दा नेपालको पुरानै नक्सा राखेकाले सरकारले त्यसलाई तत्काल सच्याउनका लागि चीन सरकारलाई सो बारे कुटनीतिक नोट तत्काल पठाउनुपर्ने बताएका हुन्। 

‘हामीलाई एक इन्च पनि जमिन कसैको चाहिँदैन। कसैलाई छोड्दैनौं पनि। यही मान्यता बमोजिम हामी आज पनि यसमा उभिएका छौं। जहाँसम्म चीनले नेपालको नक्शा पनि छेउमा राख्दै गर्दा चुच्चे नक्सा गायव गरेर राख्यो,’ बर्तौलाले भने, ‘यस सन्दर्भमा नेपाल सरकारले अविलम्व चाईनाको सरकारलाई यस विषयमा उसले कुटनीतिक नोट पठाओस्। यसमा अविलम्व प्रश्न गरोस्। अविलम्व सरकारले चाईनको सरकारसँग समन्वय गरेर यो विषयलाई चाँडो हल गरोस्।’ 

सोमबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिनेक्रममा उनले चीन सरकारलाई सो नक्शा सच्याउन नेपाल सरकारले अविलम्व पहल गर्नुपर्ने बताए। 

चीनले नेपालको नक्सा पनि समेटदा पुरानै नक्सालाई मान्यता दिनु दुःखद् भएको उल्लेख गर्दै सचेतक बर्तौलाले त्यसलाई कुटनीतिक माध्यमबाट सच्याउनका लागि नेपाल सरकार लाग्नुपर्ने बताए।

‘लिम्पियाधुरा, लिपुलेक, कालापानी नेपाली भूभाग हो। कुनै देशलाई हो वा होइन भन्ने अधिकार छैन। त्यसकारण यो भूगोलको बारेमा, यो नेपालको होइन जस्तो गरेर, नेपालमा नभएजस्तो गरेर चाईनामा हामीले नेपालको नक्सा देख्यौं। त्यो दुखद् कुरा हो,’ उनले भने, ‘सरकारले अभिलम्ब यसमा कुटनीतिक पहलमार्फत, उपयुक्त छलफलमार्फत यसमा चाईनाको सरकारलाई सच्याउनका लागि पनि अपिल गर्नुपर्छ। सरकारलाई हामी त्यो माग गर्न चाहन्छौं।’

सचेतक बर्तौलाले एमाले आफ्नो एक ईन्च भूमि छोड्ने पक्षमा नरहेको दोहोर्‍याए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .