ad ad

राजनीति


काठमाडौंमा हुने विरोध सभाका लागि राप्रपाले बनायो मुल समिति

काठमाडौंमा हुने विरोध सभाका लागि राप्रपाले बनायो मुल समिति

नेपालखबर
भदौ १८, २०८० सोमबार २१:५६, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंमा हुने विरोध सभालाई व्यवस्थित र प्रभावकारी बनाउन विरोध सभा आयोजक मुल समिति गठन गरेको छ। 

पार्टी केन्द्रीय कार्यालयमा सोमबार अध्यक्ष राजेन्द्र लिङ्देन र पार्टीका वरिष्ठ नेताहरूको उपस्थितिमा बसेको बैठकले सो निर्णय गरेको पार्टी प्रवक्ता मोहन कुमार श्रेष्ठले जानकारी दिए। 

राप्रपाले आगामी भदौ २७ गते काठमाडौंमा बृहत् विरोध सभा गर्दै छ। समितिको सदस्य सचिवमा प्रवक्ता एवं प्रमुख सचेतक ज्ञानेन्द्र शाही रहेका छन्।

यसैगरी उपत्यकाबाट प्रतिनिधित्व गर्ने पार्टीका पदाधिकारी एवं सदस्यहरु, बागमती प्रदेशका १३ जिल्लाका जिल्ला अध्यक्षहरु, सम्पर्क समाज समन्वय विभागका प्रमुख र सबै भातृ संगठनका अध्यक्षहरु मूल समितिको सदस्य रहेको प्रचार विभाग प्रमुख समेत रहेका प्रवक्ता श्रेष्ठले बताए। 

राप्रपाको आइतबार बसेको केन्द्रीय पदाधिकारी बैठकले गौवंश हत्याको विरोध गर्न, गौवंश हत्याको विरोधमा विभिन्न संघसंस्थाबाट देशभर भइरहेका प्रदर्शनमा समर्थन र ऐक्यबद्धता प्रकट गर्न, सामाजिक सदभाव कायम गर्न, हिन्दुराष्ट्र र राजसंस्था पुनःस्थापनाको आवाजलाई बुलन्द बनाउन, भ्रष्टाचार नियन्त्रण र भ्रष्टाचार काण्डको पूर्ण छानबिन गर्न, शिथिल अर्थतन्त्रमा सुधार गरी स्वदेशमा रोजगारीको अवसर सिर्जना गर्न, महंगी नियन्त्रण गरी आम जनतालाई राहत प्रदान गर्न र जनजीवन सहज बनाउन सरकारलाई दबाब विरोध सभा आयोजना गर्ने निर्णय गरेको थियो। 

मुल समितिको बैठक मंगलबार अपरान्ह १ बजे पार्टी केन्द्रीय कार्यालयमा तय भएको पनि श्रेष्ठले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .