ad ad

राजनीति


जनमोर्चा कञ्चनपुरको अध्यक्षमा रामबहादुर कार्की निर्वाचित

जनमोर्चा कञ्चनपुरको अध्यक्षमा रामबहादुर कार्की निर्वाचित

नेपालखबर
भदौ २६, २०८० मंगलबार १५:१५, काठमाडौँ

राष्ट्रिय जनमोर्चा कञ्चानपुरको अध्यक्षमा रामबहादुर कार्की चयन भएका छन्। सोमबार बेलौरीमा सम्पन्न छैठौं जिल्ला सम्मेलनले कार्कीको अध्यक्षतामा २३ सदस्यीय नयाँ समिति चयन गरेको हो।

उपाध्यक्षमा मञ्जु परियार, सचिव लालबहादुर कुँवर, सहसचिव रङ्गबहादुर चौधरी र कोषाध्यक्षमा पृथ्वी केसी चयन भएका छन्।

यस्तै, सदस्यहरुमा रमा नेपाली, गोविन्द बोहरा, रामलाल चौधरी, वीरबहादुर बोहरा, लक्ष्मी चौधरी, सुशीला नेपाली, नन्दा कुमारी भट्ट र बाबुराम चौधरी तथा वैकल्पिक सदस्यहरुमा रामबहादुर विक, पूर्ण पौडेल र पार्वती चुनारा चयन भएका छन्।

सम्मेलनले जयबहादुर मल्ल, तारादेवी चौधरी, खुशीराम राना, किसन नेपाली र केशव सुवेदीलाई सल्लाहकार चयन गरेको छ।

बेलौरी उद्योग वाणिज्य संघको सभाहलमा कार्यक्रम हुनुअघि बेलौरी बजारमा जुलुश प्रर्दशन गरिएको थियो। सम्मेलनको उद्घाटन राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .