ad ad

राजनीति


उच्चपदस्थलाई मापदण्डविपरीत दिइएका सुरक्षाकर्मी र सहयोगी फिर्ता गर्न निर्देशन

उच्चपदस्थलाई मापदण्डविपरीत दिइएका सुरक्षाकर्मी र सहयोगी फिर्ता गर्न निर्देशन

समितिका सभापति रामहरि खतिवडा। तस्बिर : नेपालखबर


नेपालखबर
असोज ४, २०८० बिहिबार १३:३३, काठमाडौँ

भीआईपीहरुलाई मापदण्डविपरीत दिइएको सुविधा फिर्ता गर्न संसदीय समितिको निर्देशन

संसदीय समितिले भीभीआईपी तथा भीआईपीहरुलाई मापदण्डविपरीत दिइएको सुरक्षा अधिकृत, सवारी चालक र भान्सेलाई १५ दिनभित्र फिर्ता गर्न सरकारलाई निर्देशन दिएको छ।

बिहीबार प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकले भीभीआईपी र भीआईपीहरुलाई मापदण्डविपरीत दिइएको सुरक्षा अधिकृत, सवारी चालक र भान्से १५ दिनभित्र फिर्ता गर्न सरकारलाई निर्देशन दिएको हो। 

समितिले उनीहरुलाई फिर्ता गरी दरबन्दी भएको ठाउँमा पठाएर समितिलाई जानकारी गराउन पनि भनेको छ। 

त्यसैगरी सरकारका मन्त्री तथा पदाधिकारीहरुले नियमानुसार पाउनेभन्दा बढी सवारी साधन प्रयोग गरेको भए फिर्ता गर्न निर्देशन जारी गरिएको छ।

‘नियमअनुसार भीभीआईपी र भीआईपीहरुलाई प्राप्त हुने सुविधाबाहेक मापदण्डविपरीत उपलब्ध गराइएका पीएसओ, सवारी चालक र भान्से कति छन्? मापदण्डविरीत उपलब्ध गराइएका उनीहरु १५ दिनभित्र फिर्ता गरी आफ्नो दरबन्दी भएको ठाउँमा पठाउन सरकारलाई निर्देशन दिने निर्णय गरियो’, समितिका सभापति रामहरि खतिवडाले भने, ‘त्यसको जानकारी पनि राज्य व्यवस्था समितिलाई गराउन अनुरोध गर्दछौँ।’ 

उनले मन्त्रीहरु लगायत सम्पूर्ण पदाधिकारीले नियमभन्दा बढी सवारी साधन प्रयोग गरेको भए तिनलाई फिर्ता गर्न निर्देशन दिएको छ। 

समितिले प्रधानमन्त्री, मन्त्रिपरिषद् कार्यालयको निर्णयअनुसार सुशासन कायम राख्न सार्वजनिक बिदाका दिन कार्यमलय खोल्ने निर्णय यथाशीघ्र कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको छ। 

त्यसैगरी समितिले सरकारले अत्यावश्यक सेवाका कार्यालयहरु सार्वजनिक बिदाको दिनमा पनि खोल्ने निर्णय प्रभावकारी रुपमा कार्यान्वयनमा लैजान पनि निर्देशन दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .