ad ad

राजनीति


इजरायलमा १० नेपालीको मृत्युको घटनाप्रति पूर्वराजाद्वारा दुःख व्यक्त

इजरायलमा १० नेपालीको मृत्युको घटनाप्रति पूर्वराजाद्वारा दुःख व्यक्त

नेपालखबर
असोज २२, २०८० सोमबार १६:२२, काठमाडौँ

पूर्वराजा ज्ञानेन्द्र शाहले इजरायलमा १० जना नेपाली मारिएको घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन्।

सोमबार विज्ञप्ति प्रकाशित गरी पूर्वराजाको संवाद सचिवालयले ‘अध्ययन र रोजगारीका शिलशिलामा त्यहाँ रहेका हजारौं नेपालीहरु युद्धको चपेटाबाट संकटापन्न अवस्थामा रहेकोमा’ गम्भीर चिन्ता जाहेर गरेको छ।

सचिवालयले इजरायलमा रहेका नेपालीहरुलाई स्वदेश फर्काउनका लागि तत्काल पहल गर्न पनि सरकारसँग आग्रह गरेको छ।

विज्ञप्तिमा भनिएको छ :
हालै इजराईलमा भड्किएको दुई पक्षीय युद्धमा परि १० जना नेपाली विद्यार्थीहरुको मृत्यु भएको र अरु कयौं घाइते भएकोमा हामीलाई गहिरो दुःख लागेको छ। अध्ययन र रोजगारीका शिलशिलामा त्यहाँ रहेका हजारौं नेपालीहरु युद्धको चपेटाबाट संकटापन्न अवस्थामा रहेकोमा हामीलाई गम्भीर चिन्ता लागेको छ।

यस्तो वियोग, वेदना र संकटको अवस्थामा उद्धार, उपचार गर्न र सबै नेपालीहरुलाई स्वदेश फर्काउनको लागि नेपालले तत्काल पहल गर्नु पर्ने तथा शान्त कूटनीतिक क्षमता दर्शाइ हाल्नु पर्ने आवश्यकता रहेको हामीले महशुस गरेका छौं। आजको दुनियाँमा कहिं पनि द्वन्द्व र युद्धले राम्रो गर्दैन भन्ने मान्यता राख्दै आपसी सम्बन्ध सुधारका लागि सबै पक्षबाट सकारात्मक प्रयास हुनु पर्ने हाम्रो धारणा रहेको छ।

मिति २०८० साल असोज २२ गते
सम्बाद सचिवालय

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .