ad ad

राजनीति


विभिन्न बहानामा संविधानविरुद्ध प्रहार भइरहेको छ : उपप्रधानमन्त्री खड्का

विभिन्न बहानामा संविधानविरुद्ध प्रहार भइरहेको छ : उपप्रधानमन्त्री खड्का

नेपालखबर
असोज २६, २०८० शुक्रबार ११:२६, काठमाडौँ

उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले विभिन्न बहानामा संविधानविरुद्ध प्रहार भइरहेको बताएका छन्। 

सुर्खेतको वीरेन्द्रनगरमा  शुक्रबार सुरु नेपाल राष्ट्रिय मगर संघको दोस्रो कर्णाली प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री खड्काले देश विविध कारणले अप्ठ्यारोमा परेको बताए।

‘संविधानलाई विभिन्न बहानामा हल्लाउने कोसिस भइरहेको छ, त्यसप्रति सजग हुन आवश्यक छ’, उनले भने, ‘संविधानलाई भड्काउने कोसिस भएको संकेत देखिएकाले यसमा कांग्रेस जिम्मेवार बन्नुपर्दछ।’ 

कांग्रेस उपसभापतिसमेत रहेका उपप्रधानमन्त्री खड्काले पद प्राप्तपछिको घमण्ड र अहंकारका कारण कांग्रेसप्रति जनताको गुनासो बढेको बताए। त्यसैले प्रत्येक नेता कार्यकर्ताको व्यवहार र बोलीवचनमा सुधार गर्न आवश्यक रहेको उनको भनाइ छ।  

‘हरेक दिन हाम्रा गतिविधि आम जनताको मोबाइलमा कैद भएका छन्। मतदाताले हरेक पल परीक्षा लिइरहेका छन्’, उनले भने, ‘पार्टी र भ्रातृ संस्था सुधार गर्न आवश्यक छ। हामी सच्चिन आवश्यक छ।’

त्यस्तै, उपप्रधानमन्त्री खड्काले राष्ट्रिय मगर संघको दोस्रो कर्णाली अधिवेशनले आम जनमानसमा एकताको सन्देश दिने विश्वास व्यक्त गरे। कांग्रेसको आगामी महासमिति बैठकका लागि समेत मगर संघको अधिवेशनबाट महत्त्वपूर्ण सुझाव आउने उपप्रधानमन्त्री खड्काले विश्वास व्यक्त गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .