ad ad

खेल


विश्वकप छनोट : दोस्रो लेग खेल्न आज लाओस जाँदै राष्ट्रिय फुटबल टोली

विश्वकप छनोट : दोस्रो लेग खेल्न आज लाओस जाँदै राष्ट्रिय फुटबल टोली

फाइल तस्बिर


नेपालखबर
असोज २६, २०८० शुक्रबार ११:४०, काठमाडौँ

राष्ट्रिय फुटबल टोली विश्वकप छनोटअन्तर्गत पहिलो चरणको दोस्रो लेगका लागि आज शुक्रबार लाओस जाँदै छ।

बिहीबार घरेलु मैदानमा पहिलो लेग खेलेका नेपाल र लाओसका टोली दोस्रो लेगका लागि सँगै लाओस जान लागेका हुन्। 

नेपाली टोलीको साढे १२ बजेका लागि फ्लाइट सेड्युल भए पनि दिउँसो २ बजेपछि लाओस प्रस्थान गर्नेछन्। 

इजरायलका द्वन्द्वका कारण निर्धारित समयभन्दा पछि फ्लाइट डिले भएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ।

नेपाल र लाओसले पहिलो लेगमा बिहीबार १–१ को बराबरी गरेका छन्। नेपालका लागि फरवार्ड अञ्जन विष्टले कीर्तिमानी गोल गर्दा नेपाल हारबाट भने जोगियो। 

खेलको ४८औं मिनेटमा अञ्जनले गोल गर्दै घरेलु मैदानमा नेपालको हार टारेका हुन्। त्यसअघि खेलको ३३औं मिनेटमा लाओसका कप्तान बौनफाचन बौनकोङको गोलमा लाओसलाई अग्रता दिलाएका थिए।

लाओससँगको खेलमा अञ्जनले राष्ट्रिय टोलीमा १३ गोलको कीर्तिमान बराबर पनि गरेका छन्। यसअघि हरि खड्का र निराजन रायमाझीले १३ गोल गरेका थिए। 

नेपाल र लाओसबीचको दोस्रो लेग असोज ३० गते मंगलबार लाओसमा हुने छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .