ad ad

राजनीति


एमालेको चियापान छल्न बिहानै रौतहट गए माधव नेपाल

एमालेको चियापान छल्न बिहानै रौतहट गए माधव नेपाल

फाइल तस्बिर


नेपालखबर
कात्तिक १५, २०८० बुधबार १४:२३, काठमाडौँ

आज (बुधबार) नेकपा (एमाले)को चियापान कार्यक्रम चलिरहेको छ। एमालेले पार्टी कार्यालय च्यासलमा चियापान आयोजना गरेको हो।

दसैँ, तिहार, नेपाल संवत् र छठ लगायतका पर्वका अवसर पारेर एमालेले चियापान कार्यक्रम राखेको हो। यी पर्वका अवसर पारेर एमाले, कांग्रेस लगायतका राजनीतिक दलले चियापान कार्यक्रम गर्दै आएका छन्।

पार्टीको यी कार्यक्रममा अन्य दलका नेतालाई पनि निम्ता गर्ने परम्परा रहँदै आएको छ। यही परम्परा अनुरुप एमालेले विभिन्न दलका नेतालाई निम्ता पठाएको थियो।

यसै क्रममा एमालेले नेकपा (एकीकृत समाजवादी)लाई पनि औपचारिक निम्ता गरेको थियो। एमालेसँग छुट्टिएर छुट्टै पार्टी गठन गरेपछि एकीकृत समाजवादीलाई एमालेले पहिलो पटक औपचारिक कार्यक्रमको लागि निम्ता गरेको हो।

तर एमालेको चियापान कार्यक्रममा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल भने सहभागी नहुने भएका छन्। नेपाल निकट स्रोतले दिएको जानकारी अनुसार उनी आज बिहानै निर्वाचन क्षेत्रको कार्यक्रम मिलाएर रौतहट गएका हुन्।

यता एकीकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडाले आफूलाई कुनै निम्तो नआएको बताए। उनले नेपालखबरसँग भने, ‘अध्यक्ष कमरेड पर्सा कि रौतहटको कार्यक्रममा हुनुहुन्छ रे, भ्याएसम्म जानुहोला।’

१२:३० देखि सुरु भएको एमालेको उक्त चियापान कार्यक्रममा विभिन्न दललाई निम्ता पठाइएको भए पनि ती दलका शीर्ष अझै आइपुगेका छैनन्। उनीहरू दिउँसो साढे २ बजे आइपुग्ने खबर दिइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .