ad ad

राजनीति


राप्रपाका संघ र प्रदेशका सांसदको १ महिनाको तलब भूकम्प पीडितलाई

पार्टीका तर्फबाट २५ लाख सहयोग गरिने
राप्रपाका संघ र प्रदेशका सांसदको १ महिनाको तलब भूकम्प पीडितलाई

नेपालखबर
कात्तिक १९, २०८० आइतबार १५:२९, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टीका संघीय सांसद तथा प्रदेशसभा सदस्यहट्टको १ महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको छ।

आइतबार बसेको केन्द्रीय पदाधिकारी बैठकले पार्टीको तर्फबाट २५ लाख रुपैयाँ पनि सोही कोषमा जम्मा गर्ने निर्णय गरेको प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठले जानकारी दिए।

त्यस्तै, भूकम्प प्रभावित क्षेत्रमा उद्धार कार्यमा पार्टीको तर्फबाट सहयोग गर्न जाजरकोट र रुकुमपश्चिममा जनपरिचालन गर्ने निर्णय भएको छ। 

जाजरकोटमा सांसद ज्ञान बहादुर शाही र रुकुमपश्चिममा सहायक महामन्त्री सौरेन्द्र बहादुर शाहको संयोजकत्वमा जनपरिचालन गर्ने निर्णय भएको हो। 

जसका लागि प्रभावित जिल्लाभित्रका र अन्य जिल्लाबाट जानु हुने राप्रपाका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूले जाजरकोटको हकमा शाहीसंग र रुकुम पश्चिम जिल्लाको हकमा सहायक महामन्त्री सौरेन्द्र बहादुर शाहसंग समन्वय गरी उद्धार कार्यमा सहयोग पुऱ्याउन सकिने व्यवस्था गरिएको प्रवक्ता श्रेष्ठले बताए।

राप्रपाले जरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रबिन्दु भएर २०८० कार्तिक १७ गते शुक्रबार राति गएको ६.४ रेक्टरको भुकम्पले जाजरकोट तथा रुकुम पश्चिम जिल्लामा भएको जनधनको क्षति प्रति राष्ट्रिय प्रजातन्त्र पार्टी दुस्ख प्रकट गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .