डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीको पदाधिकारी बैठक बसिरहेको छ।
केन्द्रीय समिति बैठकका एजेन्डा तय गर्न तीनकुनेस्थित पार्टी कार्यालयमा पदाधिकारी बैठक बसेको हो।
त्यसलगत्तै २ बजेबाट कार्यकारीणी समितिको बैठक बस्ने समाजवादीले जनाएको छ।
नेकपा माओवादी केन्द्रसँग एकता गर्ने अन्तिम तयारी भैरहेको बेला नेसपाको ६ र ७ गते रोयल जडिबुटी बैंक्वटमा केन्द्रीय समिति बैठक बस्दैछ ।
माओवादी केन्द्रसँग एकताका लागि डा. भट्टराई अझै तयार नभएपछि पदाधिकारी र कार्यकारिणी समिती बैठकले एकताकै एजेन्डा तय गर्ने सम्भावना छ।
54
Shares
प्रतिक्रिया