बीबीसीले यस वर्षका लागि निकालेको १०० प्रभावशाली महिलाको सूचीमा नेपालकी पारलैंगिक महिला रुक्शाना कपाली परेकी छन्।
सन् २०२३ को बीबीसीको १०० जना प्रभावशाली महिलाको सूचीमा परेकी कपाली ट्रान्सजेन्डर मानव अधिकारवादी अभियन्ता हुन्।
उनले यौनिक तथा अल्पसंख्यक लैंगिक समूहबारे खुलेर बोल्ने गरेकी छन्।
कानुनकी विद्यार्थी उनी लैंगिक, यौनिक तथा अल्पसंख्यक समुदायको कानुनी तथा संवैधानिक अधिकारका लागि काम गर्छिन्।
यसअघि बीबीसीको १०० प्रभावशाली महिलाको सूचीमा सपना रोका मगर, बोनिता शर्मा, उमादेवी वादीलगायत परेका थिए।
348
Shares
प्रतिक्रिया