ad ad

राजनीति


जनतामा देखिएको असन्तुष्टि विद्रोहमा परिणत हुन सक्छ : अर्जुननरसिंह

जनतामा देखिएको असन्तुष्टि विद्रोहमा परिणत हुन सक्छ : अर्जुननरसिंह

फाइल फोटो


नेपालखबर
मंसिर २९, २०८० शुक्रबार १६:३६, काठमाडौँ

नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले वर्तमान सरकार र संसद सफलतापूर्वक सञ्चालनमा आउन नसकेको बताएका छन्।

शुक्रवार पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। उनले अहिले सरकार र संसद दुवै सफलतापूर्वक सञ्चालनमा आउन नसकेकाले महासमितिको बैठकमा यसबारेमा छलफल गर्नुपर्ने बताए।

उनले महासमितिको बैठकमा नेपाली जनतामा देखिएका असन्तुष्टिबारे छलफल हुन आवश्यक रहेको बताए।

उनले भने, ‘आम रुपबाट नेपाली जनतामा देखिएका असन्तुष्टिले बिस्तारै विद्रोहको स्वरुप धारण गर्ने जो अवस्था देखिएको छ, त्यसलाई अब आउने महासमिति बैठकमा त्यसलाई सम्बोधन गर्नेगरी उठाउनुपर्छ। खासगरी भ्रष्टाचारविरोधी अभियान सशक्त रुपले अघि बढाउनुपर्छ। विधि विहीनताको अन्त्य गर्नुपर्छ।’

नेता केसीले भ्रष्टाचारविरोधी अभियान सशक्त रुपले अघि बढाउने र विधि विहीनताको अन्त्य गर्नुपर्ने कुरा पनि महासमिति बैठकमा उठाउनुपर्ने बताए।

उनले भने, ‘सरकारको उपस्थितिलाई कसरी प्रभावकारी बनाउने? भनेर सोच्नुपर्छ। अहिले सरकार पनि सफल हुन सकेको छैन, संसद पनि सफलतापूर्वक सञ्चालनमा आउन सकेको छैन। पार्टी पनि गतिशील भएको छैन। यी समग्र चिजलाई विस्तृत समीक्षा र छलफल गर्नुपर्छ।’

केसीले पार्टी नेतृत्वमा संकिर्ण घेराबाट परिचालित हुने प्रवृत्ति देखिएको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .