ad ad

राजनीति


विपिनको रिहाइका लागि कतारका प्रधानमन्त्रीले विश्वास दिनुभएको छ : परराष्ट्रमन्त्री साउद

विपिनको रिहाइका लागि कतारका प्रधानमन्त्रीले विश्वास दिनुभएको छ : परराष्ट्रमन्त्री साउद

नेपालखबर
मंसिर ३०, २०८० शनिबार २०:५६, काठमाडौँ

परराष्ट्रमन्त्री एनपी साउदले हमासले बन्दी बनाएका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइबारे आश्वस्त रहन कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल थानीले आश्वस्त पारेको जानकारी दिएका छन्। 

दोहा फोरम २०२३, ह्युमन राइट ७५ र एलएलडीसी मन्त्रीस्तरीय बैठकमा सहभागी भई शनिबार स्वदेश फर्किएका परराष्ट्रमन्त्री साउदले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै विपिनको रिहाइबारे आश्वस्त रहन कतारी प्रधानमन्त्रीले विश्‍वास दिलाएको जानकारी दिएका हुन्। 

‘नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि कतार सरकारले खेलेको भूमिकाको प्रशंसा गरेको थिएँ। जोशीको रिहाइका लागि थप आवश्यक पहल गरिदिन आग्रह गरेको छु,’ उनले भने, ‘कतारका प्रधानमन्त्रीले गैरसैनिक बन्धक मुक्त गर्ने सन्दर्भमा सम्बन्धित पक्षसँग छलफल गरिरहेको र नेपाली बन्धकलाई मुक्त गर्ने विषयमा आश्वस्त रहनुस् भनेर विश्‍वास दिलाउनुभयो।’

त्यसैगरी परराष्ट्रमन्त्री साउदले रुसी सेनामा भर्ना भएका नेपालीहरुको विषयमा पनि नेपालका लागि रुसी राजदूतलाई मन्त्रालय बोलाएर छलफल गरिसकेको बताए।

‘हामीले रुसी सेनामा भर्ना भएका नेपालीहरूको विषयमा रुसी राजदूतलाई बोलाएर आफ्नो दृष्टिकोण स्पष्ट पारिसकेका छौं। रुस सरकारसँग द्विपक्षीयरुपमा छलफल गरिरहेका छौं’, उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .