ad ad

राजनीति


प्रचण्ड नेतृत्वको सरकार सुशासन र भ्रष्टाचार नियन्त्रणमा सफल : खगराज भट्ट

प्रचण्ड नेतृत्वको सरकार सुशासन र भ्रष्टाचार नियन्त्रणमा सफल : खगराज भट्ट

नेपालखबर
पुस ३, २०८० मंगलबार १८:४९, काठमाडौँ

 

नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य खगराज भट्टले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको एक वर्ष सफल भएको बताएका छन्।

मंगलबार संवाद डबलीले आयोजना गरेको कार्यक्रममा बोल्दै भट्टले पार्टी अध्यक्ष  ‘प्रचण्ड’ नेतृत्वको सरकार पछिल्ला सरकारभन्दा सुशासन र भ्रष्टाचार नियन्त्रणमा सफल भएको दाबी गरे।

'नेपाल श्रीलंकाको बाटोतिर भन्ने हल्लाबीच हाम्रो पार्टीको नेतृत्वमा सरकार बनेको थियो। राजनीतिक र कुटनीतिक सन्तुलन मिलाएर सुशासन र भ्रष्टाचार अभियान संचालन गरेर सरकारले नयाँ रेकर्ड कायम गर्न सफल भएको छ', उनले  भने। 

आर्थिक सूचकहरु सुधारतिर अगाडि बढेको भन्दै उनले निरासाबाट आशाका किरण देखा परेको बताए।

सरकार दीर्घकालीन आर्थिक समृद्धिमा अगाडि बढेको बताउँदै भट्टले भने, 'सरकार सामाजिक न्यायका हिसाबले पनि सफल भएको छ। निरंकुशकालीन मिटरब्याजीबाट नागरिक मुक्त भएका छन्, अर्ब पीडितले फिर्ता पाएका छन्। सरकारले विगतको तुलनाभन्दा महँगी नियन्त्रणमा गर्न पनि सरकारले पहल लिएको छ। विगतदेखि रोकिएको उखु किसानको बाँकी भुक्तानी भएको छ।'

सरकारले इजरायल हमासको आक्रमणमा परी ज्यान गुमाउनेको शव स्वदेश ल्याउनेदेखि बेपत्ता विपिन जोशीको रिहाइका लागि प्रधानमन्त्रीकै तहबाट पहल भइरहेको बताए।

त्यसैगरी सरकारले भूकम्प पीडितको उद्दार, राहत र पुनर्निर्माणमा समयमै पहल लिएर जनतालाई सरकार भएको अनुभूत गराएको दाबी गरे

अब नयाँ वर्षमा नयाँ गतिका साथ अघि बढ्ने बताए। सरकारको अर्को वर्ष विकास र समृद्धको लागि क्रमभंगको वर्ष हुनेसमेत उनले दाबी गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .