ad ad

राजनीति


ईपीएस परीक्षार्थीका मागप्रति गम्भीर बन्न कांग्रेसको आग्रह

ईपीएस परीक्षार्थीका मागप्रति गम्भीर बन्न कांग्रेसको आग्रह

नेपालखबर
पुस १३, २०८० शुक्रबार १६:२६, काठमाडौँ

नेपाली कांग्रेसले कोरियाली भाषा परीक्षा सम्बन्धी विषयलाई लिएर युवाहरुले गरेको आन्दोलनप्रति ध्यानाकर्षण भएको जनाएको छ।

शुक्रबार विज्ञप्ति प्रकाशित गरी कांग्रेसले घटनाको सत्य–तथ्य अध्ययन गरी यथार्थ छानबिन गर्नुका साथै घटनामा घाइते भएकाहरूको उचित उपचार गर्न र प्रदर्शनकारीले उठाएको विषयमा गम्भीर बन्न नेपाल सरकारसँग माग गरेको हो।

सूचना, संचार तथा प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले जारी गरेको प्रेश विज्ञप्तिमा ‘हरेक नागरिकले आफ्ना अधिकारको विषयलाई उठान गर्दा शान्तिपूर्ण, मर्यादित र हिंसारहित उपाय अवलम्बन गर्न प्रदर्शनकारीलाई आग्रह’ समेत गरेका छन्।

साथै, सुरक्षा निकाय एवं सम्बन्धित सबै पक्षलाई संयमित रहन पनि कांग्रेसले आग्रह गरेको छ।

ईपीएस परीक्षा दिन पाउनु पर्ने माग गर्दै भएको आन्दोलनमा शुक्रबार २ परीक्षार्थीको ज्यान गएको छ। सरकारले घटनाको छानबिन गर्न डीआईजीको नेतृत्वमा तीन सदस्यीय समिति बनाइसेको छ।

यस्तै, उच्च अदालत पाटनले आजै फारम भरेका सबैलाई परीक्षामा सहभागी गराउन सरकारका नाममा आदेश दिएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .