ad ad

राजनीति


मन्त्री साउदको रिपोर्टिङ : सन्तुलित परराष्ट्र नीतिले छिमेकी र मित्रराष्ट्रसँगको सम्बन्ध बलियो भयो

मन्त्री साउदको रिपोर्टिङ : सन्तुलित परराष्ट्र नीतिले छिमेकी र मित्रराष्ट्रसँगको सम्बन्ध बलियो भयो

फाइल तस्बिर


नेपालखबर
पुस १३, २०८० शुक्रबार १७:७, काठमाडौँ

परराष्ट्रमन्त्री एनपी साउदले कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा आफ्नो मन्त्रालयको प्रगति विवरणको रिपोर्टिङ गरेका छन्। 

सानेपामा जारी बैठकमा मन्त्री साउदले शुक्रबार मन्त्रालयको प्रगति विवरण पेश गरेका हुन्। 

बैठकमा प्रगति विवरण पेश गर्दै उनले द्विपक्षीय भ्रमण तथा बैठक, कूटनैतिक मामिलाका र वैदेशिक रोजगारीको अवस्थाबारे चर्चा गरे।

साउदले गठबन्धन सरकारले संयुक्त राष्ट्र संघको बडापत्र, असंलग्नता र पञ्चशीलका सिद्धान्त, विश्व शान्ति एवम् अन्तर्राष्ट्रिय कानुनका सिद्धान्तका आधारमा परराष्ट्र नीति सञ्चालन गर्दै आएको बताए।

यस अवधिमा सार्वभौमिक समानता, पारस्परिक हित र लाभका आधारमा स्वतन्त्र तथा सन्तुलित परराष्ट्र नीति सञ्चालन भई छिमेकी लगायत विश्वका सबै मित्र राष्ट्रसँगको मैत्रीपूर्ण सम्बन्ध बलियो भएको दाबी गरे।

मन्त्री साउदले सरकारी र निजी क्षेत्रको समन्वयात्मक तथा क्रियाशील भूमिकाका आधारमा मुलुक भित्र आर्थिक कूटनीतिको कार्यक्रम सञ्चालन गर्नुका साथै विदेशस्थित नेपाली नियोगलाई त्यहीअनुरूप परिचालन गरिएको, हमासको आक्रमणमा निधन भएका नेपालीहरूको शव ल्याउन र देश फर्किन इच्छुक इजरायलस्थित नेपालीको उद्दारकामा समन्वय गरिएको सुनाए।

अफ्रिकी मुलुक सुडानमा विकसित राजनीतिक परिस्थितिका कारण अलपत्र ३१ नेपाली नागरिकलाई परराष्ट्र मन्त्रालय तथा कायरो, रियाद र जेद्दाहस्थित नेपाली नियोगको समन्वयमा सकुशल उद्धार गरिएको उनले बताए। उद्धार प्रक्रियामा छिमेकी भारत, चीन र साउदी अरेबियाको सहयोग रहेको उनले खुलाए।

राहदानी सेवा व्यवस्थित गर्दै एक महिनाका लागि अग्रिम अनलाइन आवेदन दिने व्यवस्था गर्नुका साथै जिल्ला र इलाका प्रशासन कार्यालयबाट भरिने आवेदन फारामको कोटा बढाइएको पनि उनले बताए। करिब दुई वर्षलाई पुग्ने राहदानी कपी रहेको पनि उनले सुनाए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .