बालकुमारी घटनामा ज्यान गुमाएका व्यक्तिको परिवारलाई १०–१० लाख रुपैयाँ दिन सरकारसमक्ष सिफारिस भएको छ।
शनिबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्रीसहित बसेको सुरक्षा अधिकारीहरूको बैठकले सो सिफारिस गरेको हो।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, गृहमन्त्री नारायणकाजी श्रेष्ठसहित सुरक्षा निकायका अधिकारीहरू उपस्थित थिए।
लगत्तै शनिबार दिउँसो साढे २ बजेका लागि आकस्मिक मन्त्रिपरिषद् बैठक बस्दैछ।
‘बिहानको बैठकले मृतकको परिवारका लागि १०–१० लाख रुपैयाँ दिनका लागि सिफारिस गरेको छ,’ स्रोतले भन्यो, ‘मन्त्रिपरिषद् बैठकले सोही निर्णय गर्छ।’
मन्त्रिपरिषद् बैठकअघि छैटौं राष्ट्रिय ट्रेड युनियन सम्मेलनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले राहत, समवेदना र श्रद्धाञ्जलीका विषयमा छलफल गर्न मन्त्रिपरिषद् बैठक बोलाएको बताएका थिए।
‘अहिले भर्खरै म हतार गरिराखेको छु मैले अहिले क्याविनेटको बैठक बोलाईसकेको छु मैले। अब मृतकहरुबारे, मृतकका परिवारबारे उनीहरूलाई तुरुन्तै राहत दिने, समवेदना, श्रद्धाञ्जली सबै कुराको निम्ति क्याविनेटमा जानुपर्ने भएकाले म त्यता जाँदैछु,’ उनले भनेका थिए।
Shares
प्रतिक्रिया