ad ad

राजनीति


हामी नेताहरूले नै जनतामा निराशा फैलाइरहेका छौँ : आरजु राणा

हामी नेताहरूले नै जनतामा निराशा फैलाइरहेका छौँ : आरजु राणा

नेपालखबर
पुस १४, २०८० शनिबार १६:५६, काठमाडौँ

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु देउवा राणाले युवाहरूको विदेश मोह बढ्नुको प्रमुख जिममेवार नेताहरू नै भएको बताएकी छिन्। 

पार्टीको शुक्रबारबाट जारी केन्द्रीय कार्यसमिति अन्तर्गत शनिबारको बैठकमा बोल्दै उनले निराशा मात्रै फैलाउने काम नेताहरूबाटै भएको बताइन्।

‘हिजोको घटनासँग पनि कुरा छ। अघि यहाँ सीताजीले सेयर गर्नुभयो, त्यो घरमा बाबु पनि छैनन, छोरा पनि मर्यो, अब कसले हेर्ने भनेर। यसको जिम्मेवार को हो? हामी सबै हो?,’ बैठकमा उनले भनिन्, ‘हामी नेताहरू यो देशमा नै केही भएको छैन भनेर जहिल्यैपनि निराशाका कुराहरू गर्छौँ। केही पनि भएन चोर फटाहा, व्यवस्था खत्तम भनेर भाषण गरिरहेका छौँ। हामीले निराशा फैलाइरहेका छौँ।’

अहिले आएको अप्ठेरो अवस्थालाई सबै मिलेर सुल्झाउनपर्ने उनको भनाइ छ। 

साथै, उनले संविधान शान्तिको दस्तावेज भएको भन्दै सबै मिलेर अघि बढ्नुपर्ने बताइन्। 

‘संविधान सबैको शान्तिको दस्तावेज हो। त्यो संविधान हाम्रो भएका कारणले सुझाव हाल्दा एमपीहरूलाई हाम्रो पार्टीको मर्म के हो? बुझ्नुपर्यो,’ राणाले बैठकमा भनिन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .