ad ad

राजनीति


मन्त्री ज्वालाको दाबी : बालकुमारीमा अवरोध रहेको जानकारी सुरक्षा निकायले दिएनन्

मन्त्री ज्वालाको दाबी : बालकुमारीमा अवरोध रहेको जानकारी सुरक्षा निकायले दिएनन्

फाइल तस्बिर


नेपालखबर
पुस १६, २०८० सोमबार १५:११, काठमाडौँ

भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले गत शुक्रबार एकीकृत समाजवादी पार्टीको बैठकमा जाने क्रममा ललितपुरको बालकुमारी क्षेत्रको अवरोधबारे सुरक्षानिकायले जानकारी नदिएको दाबी गरेका छन्।

गृहमन्त्री नारायणकाजी श्रेष्ठ र प्रहरी महानिरीक्षक वसन्त कुँवरले भौतिक मन्त्रीको सवारीकै कारण उक्त घटना भएको बताइरहेका बेला ज्वालाको यस्तो स्पष्टीकण आएको हो। 

‘बालकुमारीमा सडक अवरोध भएको कुरा सुरक्षा निकायले हामीलाई जानकारी गराएनन्’, उनले सोमबार न्युज एजेन्सी नेपालसँगको कुराकानीमा भने, ‘बालकुमारी रुट प्रयोग गर्दा त्यहाँ अवरोध भएको जानकारी सुरक्षानिकायबाट नआएकैले गएका थियौँ।’

उनले यसअघि पनि आफ्ना कारण उक्त घटना नभएको स्पष्टीकरण दिएका थिए। समाजवादीको बैठकस्थल कान्तिपुर पार्टी प्यालेसमा पत्रकारसँग बोल्दै शुक्रबार नै उनले आफ्नो बचाउ गरेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .