सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग संवाद गरेर भारतीय विदेशमन्त्री एस. जयशंकर होटल याक एन्ड यतीतर्फ लागेका छन्।
शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेपछि जयशंकर प्रधानमन्त्रीसँगको संवादका लागि सिंहदरबार पुगेका थिए।
त्यहाँ प्रधानमन्त्रीसँगको वार्तापछि जयशंकर अब नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुन याक एन्ड यती गएका हुन्।
बिहीबार बिहान विशेष विमानमार्फत त्रिभुवन विमानस्थलमा अतवरण गरेका उनले सुरुमा शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका थिए।
त्यसपछि जयशंकरले प्रधानमन्त्रीलाई सिंहदरबारमा भेटेका हुन्। उक्त वार्तामा नेपालको तर्फबाट परराष्ट्र सचिव सेवा लम्साल सहभागी थिइन्।
उता भारतको तर्फबाट विदेशमन्त्री जयशंकरसहित नेपालस्थित राजदूत नवीनकुमार पनि सहभागी थिए।
नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा नेपालतर्फबाट परराष्ट्रमन्त्री एनपी साउदले सहभागिता जनाउँदै छन्।
Shares
प्रतिक्रिया