सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुबीच आज बिहान छलफल हुँदैछ।
आइतबार बिहान नौ बजेदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेताहरुबीच छलफल सुरु हुने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए।
आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनसहित समसामयिक राजनीतिक विषयमा छलफल गर्न सत्ता गठबन्धनका शीर्ष नेताको बैठक बस्न लागेको हो।
सत्तारुढ गठबन्धनले राष्ट्रियसभा निर्वाचन मिलेर लड्ने समझदारी गरेका छन्।
69
Shares
प्रतिक्रिया