ad ad

राजनीति


संसद्‍ महासचिवमा पाण्डेको नियुक्ति अड्किएपछि राष्ट्रपतिलाई सभामुख र राष्ट्रिय सभा अध्यक्षको अर्को पत्र

संसद्‍ महासचिवमा पाण्डेको नियुक्ति अड्किएपछि राष्ट्रपतिलाई सभामुख र राष्ट्रिय सभा अध्यक्षको अर्को पत्र

फाइल तस्बिर


नेपालखबर
माघ ७, २०८० आइतबार १४:२८, काठमाडौँ

संघीय संसद्को महासचिव नियुक्ति प्रक्रियालाई शीतल निवासले करिब डेढ महिनादेखि अड्काइदिएपछि सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले राष्ट्रपतिलाई अर्को पत्र लेखेका छन्। 

मंसिर २५ गते तत्कालीन महासचिव डा. भरतराज गौतमले राजीनामा दिएपछि सचिव पद्मप्रसाद पाण्डेलाई महासचिव नियुक्तिका लागि गरिएको सिफारिस अलपत्र परेपछि संसद्‍बाट राष्ट्रपति रामचन्द्र पौडेललाई स्मरण पत्र लेखिएको हो। 

 

संघीय संसद् श्रोतका अनुसार घिमिरे र तिमल्सिनाद्वारा हस्ताक्षरित पत्र तीन दिनअघि राष्ट्रपतिको कार्यालय शीतल निवास पुगेको हो। 

‘मंसिर २५ गते नै संसद्को महासचिवमा नियुक्तिका लागि पद्यमप्रसाद पाण्डेको नाम सिफारिस भइसककेको छ। तर पाण्डेलाई महासचिवमा नियुक्तिका लागि भएको उक्त उक्त सिफारिस राष्ट्रपतिको कार्यालयमा किन र के कारणले रोकियो? भनेर स्मरण पत्र पठाएका छौँ’, संसद् सचिवालयका एक अधिकारीले भने।  

राष्ट्रपतिले उक्त सिफारिस अड्काइदिएपछि पाण्डेलाई गत मंसिर २७ गते संसद् सचिवालयको कार्यवाहक महासचिव बनाइएको थियो।  

मंसिर २५ मै महासचिवमा नियुक्तिका लागि सिफारिस भए पनि राष्ट्रपति पौडेलले आवश्यक कानुनी परामर्श भन्दै अड्काइदिएका छन्।

महासचिवमा पाण्डेको नियुक्तिबारे संसद् र राष्ट्रपतिबीच द्वन्द्वको अवस्था देखिएको छ। यस्तो अवस्थामा संसदको नेतृत्वबाट राष्ट्रपतिलाई फेरि अर्को पत्र गएको हो। 

संविधानको धारा १०६ बमोजिम प्रतिनिधि सभाको सभामुख र राष्ट्रिय सभाको अध्यक्ष दुवैको संयुक्त सिफारिसमा पाण्डेको नाम संघीय संसद्‌को महासचिवमा सिफारिस भएको थियो।

नौ महिना कार्यकाल बाँकी रहँदै तत्कालीन महासचिव डा. भरतराज गौतमले राजीनामा दिएपछि पाण्डेलाई नयाँ महासचिवका रुपमा संसद्बाट भएको सिफारिस राजनीतिक कारणले अड्किएको हो।

संघीय ससंद्को सचिव हुनुअघि पाण्डे महान्यायाधिवक्ताको कार्यालयमा नायब महान्यायधिवक्ता थिए। उनलाई २०८० वैशाख ७ गते संसद् सचिवालयको सचिव नियुक्त गरिएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .