ad ad

समाज


सहकारी ठगी प्रकरण : रवि र जीबीविरुद्धका उजुरी अब सीआईबीले अनुसन्धान गर्ने

सहकारी ठगी प्रकरण : रवि र जीबीविरुद्धका उजुरी अब सीआईबीले अनुसन्धान गर्ने

नेपालखबर
माघ ७, २०८० आइतबार १४:२९, काठमाडौँ

पूर्वगृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने समेत जोडिएका सहकारी ठगी मुद्दामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान सुरु गरेको छ।

गत साता सहकारीका अध्यक्ष जीबी भनिने गितेन्द्रबाबु राईविरुद्ध परेका सबै उजुरीसम्बन्धी फाइल सीआईबीले मगाएको हो। ब्युरोका प्रवक्ता एसपी नवराज अधिकारीले ती फाइल माग्दै विभिन्न जिल्ला प्रहरी कार्यालयमा पत्र पठाएका थिए।

पत्र पठाइसकेपछि फोन गरेर पनि उनले फाइल सीआईबीमा पठाउन भनेका थिए।

तर जारी अनुसन्धानबारे उनले बताउन चाहेनन्। सीआईबीको पत्रपछि जिल्लाले ती फाइल गत साता नै पठाइसकेका छन्।

अहिले सीआईबीले सबै जिल्लाबाट आएका फाइल अध्ययन गरिरहेको सीआईबी उच्च स्रोतले जानकारी दियो।

‘अहिले सबै जिल्लाका फाइल मगाएर हामी हेर्दैछौँ। एकै ठाउँमा राखेर अनुसन्धान गर्दा राम्रो हुन्छ भन्ने हो। यसबाहेक जिल्ला प्रहरी कार्यालयले यसअघि सम्पत्ति शुद्धीकरण विभागमा पनि अनुसन्धानका लागि लेखि पठाएका छन्’, सीआईबीका एक अधिकारीले भने।

पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको फाइल, बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको फाइल, चितवनको साहारा सहकारीको फाइल, पर्सा, रुपन्देही, काठमाडौं लगायतका जिल्लामा उजुरी परेको छ। जीबी राईका नाममा विभिन्न सहकारी सञ्चालनमा छन्।

सीआईबीलाई फाइल बुझाउनुअघि नै जिल्लाले सम्पत्ति शुद्धीकरणमा पत्राचार गरेका थिए।

यस्तै गतसाता नै सहकारी विभागमा पनि उनीहरुविरुद्ध उजुरी परेको छ। सहकारी विभागले पनि यस विषयमा कारबाही अगाडि बढाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .