ad ad

राजनीति


हेटौंडा आएर पूर्वराजाले गरे धार्मिकस्थलमा पूजा आरधना

हेटौंडा आएर पूर्वराजाले गरे धार्मिकस्थलमा पूजा आरधना

नेपालखबर
माघ ७, २०८० आइतबार १९:५, हेटाैँडा

पूर्वराज्ञा ज्ञानेन्द्र शाहले मकवानपुरका विभिन्न धार्मिकस्थलमा पूजाअर्चना गरेका छन्।

आज (आइतबार) बारा र मकवानपुरको सिमानामा पर्ने चुरियामाई मन्दिर, हेटौंडा– १३ पदमपोखरीमा रहेको ज्याङ्छुपलिङ पोताला गुम्बा र हेटौंडा १० मा रहेको भुटनदेवी मन्दिरमा पुजा गरेका हुन्।

उनले दिउँसो १ बजे चुरियामाई मन्दिरमा हिन्दु परम्परा अनुसार र दिउँसो २ः४५ बजे ज्याङ्छुपलिङ पोताला गुम्बामा बौद्ध परम्परा अनुसार पुजाअर्चना गरे।

पूर्वराजासँगै पूर्वरानी कोमल राज्यलक्ष्मी शाह र पूर्वअधिकारकुमारी प्रेरणा राज्यलक्ष्मी शाहले पनि धार्मिकस्थलको दर्शन तथा पुजाअर्चना गरेका छन्।

राप्रपाका केन्द्रीय सदस्य एवम् प्रतिनिधिसभा सदस्य दीपकबहादुर सिंह, राप्रपाका विभिन्न तहका नेता तथा कार्यकर्ताहरू, उद्योगपति तथा व्यापारी एवम् ठूलो संख्यामा रहेका सर्वसाधारणले पूर्वराजा रानीको स्वागत गरेका छन्।

स्वागतका लागि पुगेका राप्रपा र राप्रपा नेपालका कार्यकर्ताहरुले नेपालको झण्डा बोकेका थिए। पूर्वराजा ज्ञानेन्द्रले आजै साँझ हेटौंडा रिसोर्टमा सुभचिन्तकहरुसँग भेटघाट गर्ने कार्यक्रम रहेको जनाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .