ad ad

राजनीति


राजेन्द्र महतो भन्छन् : मधेसलाई हिन्दीले जोड्छ, नेपालमा भारतले नाकाबन्दी गरेको थिएन

राजेन्द्र महतो भन्छन् : मधेसलाई हिन्दीले जोड्छ, नेपालमा भारतले नाकाबन्दी गरेको थिएन

फाइल तस्बिर


नेपालखबर
माघ १०, २०८० बुधबार १७:५१, काठमाडौँ

लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले हिन्दी भाषाले मात्रै मेचीदेखि महाकालीसम्मको मधेसको क्षेत्रलाई जोड्न सक्ने बताएका छन्। 

गजेन्द्रनारायण सिंहको २२ औँ पुण्य तिथिका अवसरमाा बुधबार आयोजित एक कार्यक्रमलाई सम्बोधनका क्रममा महतोले यस्तो बताएका हुन्। 

‘मैथिली, भोजपुरी र अवधीसहितका भाषाले समग्र मधेसलाई समेट्न सक्दैन। मधेसलाई जोड्ने भाषा हिन्दी हो’, उनले भने, ‘अरु भाषाले मधेसलाई जोड्न नसकेकाले हिन्दीलाई साझा भाषा बनाउनुपर्छ भनेका हौँ।’

महतले स्वर्गीय गजेन्द्रनारायण सिंहले पनि मधेसको पूरै भूभाग हिन्दी भाषाले जोड्ने बताउने गरेको स्मरण गरे।

उनले अहिले पनि पहिचानको कुरालाई प्राथमिकतामा राख्नुपर्ने बताए। ‘मधेसमा बस्ने सबै मधेसी, पहाडमा बस्ने सबै पहाडी र काठमाडौं बस्ने उपत्यकाकाबासी भन्ने हुँदैन’, उनले भने, ‘हामीले उसबेला गरेको मधेस आन्दोलन पहाडी समुदायसहित कसैको विरुद्धमा थिएन। कुनै नश्लवादीले मधेस आन्दोलनलाई बदनाम गरिदियो।’

उनले २०७२ सालमा संविधान जारी गर्दाको समय भारतले नभएर आफूहरूले नाकाबन्दी गरेको जिकिर गरे।

‘त्यसबेला हामीले नाकाबन्दी गरेका थियौँ। भारतले नेपालमा नाकाबन्दी गरेको थिएन’, महतोले भने, ‘यहाँका नश्लवादीहरूले हाम्रो नाकाबन्दीलाई भारतको भनेर ब्याख्या गरे।’ 

महतोले अब मधेसका थारु र मधेसी समुदाय मिल्नुपर्ने बताएका छन्। उनले पहिचानको मुद्दा अझै पनि प्राथमिकतामा रहेको बताउँदै यसबाट पछि हट्न नसकिने जिकिर गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .