राष्ट्रपति रामचन्द्र पौडेलले क्यानडा र गणतन्त्र पोर्चुगलका लागि नेपाली राजदूत नियुक्त गरेका छन्।
भरतराज पौडेललाई क्यानाडाका लागि र शनिल नेपाललाई गणतन्त्र पोर्चुगलका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरिएको राष्ट्रिपतिको कार्यालयले जनाएको छ।
नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले शुक्रबार दुई देशका लागि राजदूत नियुक्त गरेका हुन्।
36
Shares
प्रतिक्रिया