सत्तारुढ नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक राष्ट्रिय सभागृहमा सुरू भएको छ।
शुक्रबार र शनिबार स्थायी समिति बैठक गरेको माओवादीले केन्द्रीय समिति बैठक राखेको हो।
राष्ट्रिय सभागृहमा करिब ८ सयजना सहभागीबीच माओवादीले सबैभन्दा पहिले पार्टीको तीन महिने अभियानको समीक्षा गरिरहेको छ।
अहिलेसम्म मधेसबाट लीलामणि पोखरेल, कोसीबाट चन्द्रप्रकाश खनाल ‘बलदेव’र हर्कबहादुर नेम्वाङ ‘मिक्सो’ले उक्त तीन महिने अभियानबारे रिपोर्टिङ गरिसकेका छन्।
उक्त अभियानलाई लिएर बागमती प्रदेश इन्चार्ज जनार्दन शर्मा प्रभाकरले रिपोर्टिङ गरिरहेका छन्।
पार्टीलाई रुपान्तरण गर्ने उद्देश्यले माओवादी ले ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ चलाएको थियो।
माओवादी केन्द्रले गत कात्तिकदेखि देशभरका ६ हजार सात सय ५३ वडामा अभियान सञ्चालन गरेको थियो।
18
Shares
प्रतिक्रिया