ad ad

राजनीति


रास्वपा टोलीलाई प्रधानमन्त्रीले भने– लघुवित्त र सहकारी पीडितलाई सरकारले न्याय दिन्छ

रास्वपा टोलीलाई प्रधानमन्त्रीले भने– लघुवित्त र सहकारी पीडितलाई सरकारले न्याय दिन्छ

नेपालखबर
फागुन १, २०८० मंगलबार ११:७, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहकारी र लघुवित्तबाट पीडित भएका लाखौँ नेपालीलाई न्याय दिन आफैँ सक्रिय भइहेको बताएका छन्।

मंगलबार बिहान बालुवाटारमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, उपसभापति डा. स्वर्णीम वाग्लेसहितको टोलीको सुझावपत्र बुझ्दै प्रधानमन्त्रीले लघुवित्तका समस्या समाधान हुने बताएका हुन्।

‘यो मामिलामा म सबैभन्दा बढी गम्भीर भएर लागेको छु। लाखौँ बचतकर्ता ठगिएका छन्, उनीहरुलाई हरहालतमा न्याय दिनुपर्छ भन्नेमा म दृढ छु,’ प्रधानमन्त्रीले भने, ‘तपाईहरूको सुझाव पनि म हेर्छु। यो समस्या जतिसक्दो छिटो टुंगाउन चाहन्छु। यसमा तपाईंहरूको पनि सहयोग चाहियो।’
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .