ad ad

राजनीति


माओवादी नेता झक्कु सुवेदीको सुझाव : नागरिकता लिएपछि मात्रै पार्टी सदस्यता बाँडौँ

माओवादी नेता झक्कु सुवेदीको सुझाव : नागरिकता लिएपछि मात्रै पार्टी सदस्यता बाँडौँ

फाइल तस्बिर


नेपालखबर
फागुन २, २०८० बुधबार १७:५२, काठमाडौँ

सत्तारुढ नेकपा माओवादी केन्द्रका एकजना नेता झक्कुप्रसाद सुवेदीले नागरिकता लिइसकेपछि मात्रै पार्टी सदस्यता वितरण गरिनुपर्ने बताएका छन्। 

माओवादीको दुई दिनदेखि काठमाडौँमा जारी पहिलो विधान अधिवेशनमा बुधबार समूहबाट सुझा दिने क्रममा सुवेदीले यस्तो बताएका हुन्। 

सुवेदीले वैज्ञानिक समाजवादमा जानेगरी माओवादी केन्द्रको प्रस्तावना लेखिनुपर्ने पनि बताएका छन्। 

उनले जातीय छुवाछुतलाई गम्भीर रुपमा लिनुपर्ने व्यवस्था गरिनुपर्ने सुझाव पनि नेतृत्वलाई दिएका छन्। 

'नागरिकता पाएपछि मात्रै पार्टी सदस्य दिनुपर्ने व्यवस्था गरौँ,' उनले बैठकमा भनेका छन्, 'स्थायी समिति हटाउन पनि हाम्रो समूहमा सुझाव प्राप्त भएको छ।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .