ad ad

राजनीति


प्रकृति संरक्षण मानव जातीको साझा चासो र चुनौती : राष्ट्रपति पौडेल

प्रकृति संरक्षण मानव जातीको साझा चासो र चुनौती : राष्ट्रपति पौडेल

फाइल तस्बिर


नेपालखबर
फागुन ५, २०८० शनिबार १४:३१, काठमाडौँ

राष्ट्रपति रामचन्द्र पौडेलले प्रकृति संरक्षण मानव जातीको साझा चासो र चुनौतीको विषय बनेको बताएका छन्। 

शनिबार ललितपुरमा भएको वन्यजन्तु संरक्षण र वातावरणीय न्याय विषयक एक दिवसीय सम्मेलनलाई सम्बोधन गर्दै उनले अहिलेको विश्व जलवायु परिवर्तन लगायतका वातावणीय चुनौतीको शिखरमा उभिएको बताए।

उनले वातावरण र वन्यजन्तु संरक्षणको क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चासो र अभिरुचीसमेत बढिरहेको दाबी गरे। उनले वन्यजन्तु संरक्षण र वातावरणीय न्यायका विद्यमान चुनौती तथा अवसरलाई सुक्ष्मतम तवरबाट विश्लेषण गरेर नीतिगतदेखि कार्यान्वयन तहसम्म भावी दिशा निर्देशका लागि स्पष्ट मार्गचित्र कोर्न सक्नुपर्ने बताए।

‘प्रकृति संरक्षण आज मानव जातीको साझा चासो र चुनौतीको विषय बनेको छ। किनभने अहिलेको विश्व जलवायु परिवर्तन लगायतका वातावणीय चुनौतिहरुको शिखरमा उभिएको छ। यसबाट नेपाल पनि अछुतो छै,’ पौडेलले भने, ‘वातावरण र वन्यजन्तु संरक्षणको क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चासो र गहिरो अभिरुचीसमेत बढिरहेको छ। आजको यस विशेष कार्यक्रमले वन्यजन्तु संरक्षण र वातावरणीय न्यायका विद्यमान चुनौति तथा अवसरलाई सुक्ष्मतम तवरबाट विश्लेषण गरेर नीतिगतदेखि कार्यान्वयन तहसम्म र विशेष गरीकन न्यायिक क्षेत्रसम्म यस कार्यमा लाग्ने सबैलाई भावि दिशा निर्देशका लागि स्पष्ट मार्गचित्र कोर्न सफल हुनेछ।’

मुलुकको दिगो विकाससँग प्रकृति तथा जैविक विविधता अनि वन्यजन्तु संरक्षण प्रत्यक्ष रुपमा जोडिएको हुने भन्दै पनि नेपालमा पाइने बाघ, गैँडा, हात्ती, हिउँ चितुवा जस्ता ठूला वन्यजन्तुदेखि ससाना वन्यजन्तु सम्मले परिस्थितिकीय प्रणाली सन्तुलनमा खेल्ने भुमिकाबारे जानकार हुन आवश्यक रहेको बताए। 

‘मुलुकको दिगो विकाससँग प्रकृति तथा जैविक विविधता अनि वन्यजन्तु संरक्षण प्रत्यक्ष रुपमा जोडिएको हुन्छ। त्यसमा पनि नेपालमा पाइने बाघ, गैँडा, हात्ती, हिउँ चितुवा जस्ता ठूला वन्यजन्तुदेखि ससाना वन्यजन्तु सम्मले परिस्थितिकीय प्रणाली सन्तुलनमा खेल्ने भुमिकाबारे हामी जानकार छौँ। तर यस सम्बन्धी आम जनचेतनाको स्तर के कस्तो छ? त्यसले महत्वपूर्ण भुमिका खेल्छ। वन्यजन्तुबारे कुरा गरिरहँदा मानव र वन्यजन्तुबीचको द्वन्द्व वन्यजन्तुको चोरी शिकारी, अवैध व्यापार जस्ता वन्यजन्तु अपराधका घटनाहरु र यसको द्वन्द्व व्यवस्थापन, अपराध नियन्त्रण तथा संरक्षणका विद्यमान मुद्दाहरुलाई यथोचित, प्रभावकारी रुपमा सम्बोधन कसरी गर्ने? भनेर सोच्नुपर्ने आवश्यकता छ,’ पौडेलको भनाइ छ।

मानव र वन्यजन्तुबीचको द्वन्द्व वन्यजन्तुको चोरी शिकारी, अवैध व्यापार जस्ता वन्यजन्तु अपराधका घटनाहरु र यसको द्वन्द्व व्यवस्थापन, अपराध नियन्त्रण तथा संरक्षणका विद्यमान मुद्दाहरुलाई यथोचित, प्रभावकारी रुपमा सम्बोधन कसरी गर्ने? भनेर सोच्नुपर्ने आवश्यकता रहेको राष्ट्रपति पौडेलको भनाइ छ। 

‘वन्यजन्तु संरक्षण र तिनको बढ्दो संख्याले निम्त्याएको उचित व्यवस्थापनको समस्या, वन्यजन्तुमैत्री भौतिक पूर्वाधारको व्यवस्था, राष्ट्रिय क्षमता विकास, क्रियाशील राज्यका संयन्त्रहरू आदिको आवश्यकताले विशेष रुपमा वन्यजन्तु लक्षित कार्यक्रमहरुको अपरिहार्यता र कार्यान्वयनको बाटोलाई जोड दिनुपर्ने देखिन्छ।’  

राष्ट्रपति पौडेलले वन्यजन्तुको बढ्दो संख्याले निम्त्याएको उचित व्यवस्थापनको समस्या, वन्यजन्तुमैत्री भौतिक पूर्वाधारको व्यवस्था, राष्ट्रिय क्षमता विकास, क्रियाशील राज्यका संयन्त्रहरू आदिको आवश्यकताले विशेष रुपमा वन्यजन्तु लक्षित कार्यक्रमहरुको अपरिहार्यता र कार्यान्वयनको बाटोलाई जोड दिनुपर्ने पनि बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .