राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफू र आफ्ना पार्टीका सांसदहरूबाटै भ्रष्टाचारको फाइल खोल्न सरकारलाई चुनौती दिएका छन्।
आइतबार प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै सभापति लामिछानेले सो कुरा बताएका हुन्।
‘भ्रष्टाचारलगायतका फाइल खोल्न रास्वपाबाट सुरु गरोस्, अन्य दलबाट नगरोस्,’ सभापति लामिछानेले भने।
साथै उनले सरकारले आफ्ना मान्छे बचाउन र अन्यलाई फसाउन खोजेको गन्ध आएको पनि बताए।
‘आफ्ना मान्छेलाई बचाउन खोज्ने र अन्यलाई फसाउन गर्ने प्रयासको गन्ध आएकोले म ध्यानाकर्षण गराउँछु। सरकारले फाइल खोल्ने हो भने म हुँदै मेरा सांसदहरूको फाइल खोलोस्, तर अर्को फाइल नखोलोस्। किनकी सरकारले फाइल खोल्ने भनेको आफ्ना मान्छे बचाउन रहेछ,’ उनले भने।
सरकारले मुद्दा कमजोर बनाएर अदालतलाई फैसला गर्नका लागि समेत असहज बनाएको उनले बताए। उनले सरकारको नियतमा शंका भएको बताए।
Shares
प्रतिक्रिया