प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई कुर्सी हल्लिने डर नभएको बताएका छन्। प्रतिनिधिसभामा भइरहेको ‘सांसदसँग प्रश्नोत्तर’को जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन्।
बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले कुर्सी हल्लिने डरले भ्रष्टाचारमा मुछिएका ठूला मान्छेबारे अनुसन्धान अघि नबढेको भन्दै प्रश्न गरेका थिए।
उनको प्रश्नको जवाफमा प्रधानमन्त्री प्रचण्डले सुशासन कायम गर्ने र भ्रष्टाचार कसरी नियन्त्रण गर्नेबारे मात्रै आफ्नो चिन्ता रहेको बताए।
‘मलाई कुर्सी हल्लिने डर छैन। मलाई अहिलेको प्रतिपक्षी लगायतले प्रधानमन्त्री बनाउनुभयो। मैले १५ हो कि २० दिन भन्ठानेको थिएँ। विश्वभरको अध्ययन पनि गरेको थिएँ,’ प्रचण्डले भने, ‘नजिकै भारतमा १३ दिनमा अटल बिहारी बाजपेयी हटेको देखेपछि आनन्द मानेको थिएँ। यो सरकार जाला कि भन्ने डर विल्कुल छैन।’
दाहालले सुरुदेखि नै आफूले सुशासन कायम गर्ने, भ्रष्टाचार कसरी नियन्त्रण गर्ने चिन्तामात्रै लिएको पनि उनले बताए।
‘कुर्सी हल्लिने डर हुन्थ्यो भने छानबिन नै सुरु हुँदैन थियो,’ उनले भने, 'मलाई मेरो कुर्सी जाला भन्ने छैन। त्यही भएर हामीले भ्रष्टाचारका कयौँ फाइल खोलेका हौँ।'
Shares
प्रतिक्रिया