ad ad

राजनीति


रास्वपाले किन गर्‍यो कर्णाली प्रदेशका सम्पूर्ण पार्टी समिति र विभाग विघटन?

रास्वपाले किन गर्‍यो कर्णाली प्रदेशका सम्पूर्ण पार्टी समिति र विभाग विघटन?

नेपालखबर
फागुन ७, २०८० सोमबार ८:१९, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कर्णाली प्रदेशमा रहेका आफ्नो पार्टीका सम्पूर्ण समिति र विभाग विघटन गरेको छ।

आइतबार साँझ बसेको रास्वपा सचिवालयको बैठकले कर्णाली प्रदेशमा विशेष अभियानको आवश्यकता देखिएको निष्कर्ष निकाल्दै प्रदेशदेखि वडासम्मका सबै समिति र विभाग भंग गर्ने निर्णय गरेको हो। 

रास्वपा महामन्त्री मुकुल ढकालका अनुसार कर्णाली प्रदेशका प्रदेशदेखि वडासम्मका सम्पूर्ण समिति र विभाग विघटन गरी तीन महिने कर्णाली विशेष अभियान सञ्चालन गर्ने निर्णय भएको हो। 

यस्तै आइतबार बसेको रास्वपा सचिवालय बैठकले विभागमा उपप्रमुख र सदस्य मनोनयन पनि गरेको छ।

जसअनुसार केन्द्रीय मानवीय विकास प्रवर्द्धन विभागको उपप्रमुखमा पवन देवकोटा, केन्द्रीय विज्ञान, सञ्चार तथा सूचना प्रविधि विभागको सदस्यमा ज्ञानेन्द्र महतारालाई मनोनयन गरिएको छ।

केन्द्रीय विधेयक मन्थन विभागमा भोजराज क्वालिटी सदस्य थप गरिएको छ भने केन्द्रीय मानव अधिकार विभागको सदस्यमा गणेश पौडेललाई सदस्य मनोनयन गरिएको रास्वपाले जनाएको छ। केन्द्रीय संगठन विभागको सदस्यमा दीपक विश्वकर्मा थपिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .