नेपाली कांग्रेसको महासमिति बैठक सुरु भएको छ।
ललितपुरको गोदावरीस्थित सनराइज हलमा बैठक सुरु भएको हो। बैठकको सभापति शेरबहादुर देउवाले उद्घाटन गरे।
बैठकमा झण्डै १२ सय बढी सहभागी छन्। बैठक तीनदिनसम्म चल्नेछ।
बैठकमा उपभापति पूर्णबहादुर खड्काको नीति प्रस्ताव, महामन्त्री गगनकुमार थापाको सांगठनिक, विश्वप्रकाश शर्माको समसामयिक र राजनीतिक प्रतिवेदन पेश हुनेछ।
आज उद्घाटन सत्र मात्र हुनेछ। भोलिबाट बन्दसत्र सुरु हुनेछ।
36
Shares
प्रतिक्रिया