ad ad

राजनीति


सांसद कार्कीको प्रश्न- स्वास्थ्य उपचारमा मोलमोलाइ गर्न पाइन्छ? (भिडिओ)

सांसद कार्कीको प्रश्न- स्वास्थ्य उपचारमा मोलमोलाइ गर्न पाइन्छ? (भिडिओ)

नेपालखबर
फागुन १०, २०८० बिहिबार १३:९, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद डा. तोसिमा कार्कीले स्वास्थ्यपोचारमा विभेद भएको भन्दै आपत्ति जनाएकी छन्।

बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद कार्कीले बर्सेनि ५ लाख नागरिक स्वास्थ्यपोचार गर्न नपाएर छटपटाएको पनि बताइन्। 

‘एउटा पित्तथैलीको अप्रेसनका लागि ३० हजारदेखि डेढ लाखसम्म नागरिकले तिरिरहेका हुन्छन्। एउटै देशमा एउटै प्रविधिले गरिने उपचारको पनि फरक शुल्क तिर्नुपर्ने? यसको मापदण्ड खोई?,’ उनले प्रश्न गरिन्। 

साथै, उनले पैसा हुनेले उपचार पाउने र नहुनेले छटपटाउँदै हिँड्नुपर्ने बताइन्। 

‘पैसा हुनेले सहज उपचार पाउने, नहुने चाहीँ सस्तो कहाँ पाइन्छ भनेर भौतारिँदै हिँड्नुपर्ने? लुगा बेचेकोजस्तो, जुत्ता बेचेको जस्तो मोलमोलाइ गर्न पाइन्छ, स्वास्थ्य उपचारमा,’ उनले भनिन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .