ad ad

राजनीति


गठबन्धनबारे कांग्रेस कर्णाली सभापतिको सुझाव : निरन्तरता दिऊँ, नयाँ निर्णय अर्को चुनावमा गरौँ

गठबन्धनबारे कांग्रेस कर्णाली सभापतिको सुझाव : निरन्तरता दिऊँ, नयाँ निर्णय अर्को चुनावमा गरौँ

तस्बिर : सरोज बैजु


नेपालखबर
फागुन १०, २०८० बिहिबार १६:१४, काठमाडौँ

नेपाली कांग्रेसको जारी महासमिति बैठकको चौथो दिन समूहगत छलफलमा उठेका सुझावलाई प्रदेश सभापतिहरूले प्रस्तुत गर्ने क्रम सुरु भएको छ। 

बिहीबार अपरान्ह कर्णाली प्रदेश कार्यसमिति सभापति ललितजंग शाहीले आफ्नो समूहबाट आएका सुझाव पेश गर्दै अहिलेलाई पाँच दलीय गठबन्धनलाई निरन्तरता दिनुपर्ने बताएका छन्। 

‘गठबन्धन निर्वाचन अघि वा पछि भन्ने कुरा परिस्थितअनुसार गर्ने रणनीतिक विषय हो’, उनले भने, ‘तत्कालीन समयले माग गर्ने विषय हो यो। २०८४ मा गठबन्धन गर्ने नगर्ने विषयबारे अहिले नै निर्णय लिन हतार हुन्छ। अहिले यसबारे निर्णय लिनेतिर नलागौँ।’

उनले नीति अधिवेशन भएकाले अब पार्टीको कार्यदिशा र संकल्पलाई समावेश गरी लानुपर्ने पनि बताएका छन्। 

‘वर्तमान सन्दर्भमा २०७९ को मूलमर्मअनुसार देशलाई समृद्धिको दिशामा अघि बढाउन केन्द्रीय कार्यसमितिले गबन्धनबारे सर्वसम्मत गरेको हो, त्यसलाई निरन्तरता दिनुपर्छ’, उनले भने।

उनले केन्द्रीय सदस्य र पदाधिकारीहरू स्वत: महाधिवेशन प्रतिनिधि हुन नपाइने बताए। ‘सबैजना निर्वाचित भएर आउनुपर्छ। त्यसो भएमा नेताहरू जिल्ला र गाउँकेन्द्रित हुन्छन्’, उनले भने। 

उनले उपसभापति पूर्णबहादुर खड्काले राखेको नीति प्रस्ताव समय सान्दर्भिक रहेको बताए। ‘यसको इमानदारीपूर्वक कार्यान्वयन हुनुपर्छ’, उनले भने, ‘समाजवादउन्मुख हुन नेताहरूको जीवन शैली पनि सुध्रिनुपर्छ। पार्टीले संगठनलाई चलायमन बनाउनुपर्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .