नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चार दिनसम्म चलेको महासमिति बैठकका प्रस्तावहरू परिमार्जनसहित केन्द्रीय कार्यसमितिले पारित गर्ने बताएका छन्।
ललितपुरको गोदावरीमा बिहीबार महासमिति बैठकको समापन गर्दै देउवाले यस्तो बताएका हुन्।
‘यहाँ आएका सुझावहरू समावेश गरेर केन्द्रीय कार्यसमितिले परिमार्जन गर्ने गरी प्रस्तावहरू पारित भएका छन्’, उनले भने, ‘आगामी केन्द्रीय समितिले प्रतिवेदन परिमार्जन गर्ने छ।’
वर्तमान गठबन्धन सरकारको प्रमुख घटकका रुपमा कांग्रेसले सरकारलाई सुशासनका लागि निरन्तर सुझाव दिइरहेको उनले बताए।
‘कांग्रेसलाई वैचारिक रुपमा अनुशासित र ऊर्जावान बनाउन यो बैठकले ऐतिहासिक महत्व राखेको छ’ देउवाले भने।
सभापति देउवाले ८ दशकदेखि अनुकूल वा प्रतिकूल अवस्थामा कांग्रेसले देशको राजनीतिमा भूमिका खेलिरहेको पनि बताएका छन्।
42
Shares
प्रतिक्रिया