प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग अमेरिकाको एसिया प्रशान्त क्षेत्र कमान्डका एड्मिरल जोहन एक्विलिनोले शिष्टाचार भेट गरेका छन्।
प्रधानमन्त्री प्रचण्डले नेपाल–अमेरिकाको द्विपक्षीय सम्बन्धमा नेपालले महत्त्व दिँदै आएको बताए। उनले नेपालको आर्थिक विकास र समुन्नतिमा अमेरिकाको महत्त्वपूर्ण सहयोग रहेको उल्लेख गरे।
एड्मिरल एक्विलिनो यही फागुन ८ देखि सुरु भएको ‘अभ्यास शान्ति प्रसास–४’ अवलोकनका लागि नेपाल आएका हुन्।
भेटमा प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा. रुपक सापकोटा, नेपालको लागि अमेरिकी राजदूत डेन आर थम्सन र परराष्ट्र मन्त्रालयका अधिकारी पनि थिए।
33
Shares
प्रतिक्रिया