ad ad

राजनीति


माओवादीको कार्य विभाजनप्रति जनार्दन शर्मा असन्तुष्ट

माओवादीको कार्य विभाजनप्रति जनार्दन शर्मा असन्तुष्ट

फाइल तस्बिर


नेपालखबर
फागुन १६, २०८० बुधबार ११:२५, काठमाडौँ

नेकपा माओवादी केन्द्रको कार्य विभाजनप्रति पार्टीका उपमहासचिव जनार्दन शर्माले असहमति जनाएका छन्।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बुधबार बिहानदेखि सुरु भएको पार्टी स्थायी समिति बैठकमा नेता शर्माले निर्णयप्रति असहमति जनाएका हुन्।

उनले प्रदेश इन्चार्जहरू हेरफेर गर्दा आफूप्रति पूर्वाग्रह राखिएको गुनासो गरेका छन्। 

‘कार्यबिभाजन सही भएन,’ बैठकमा शर्माले भने, ‘विधान अधिवेशनमा नेताहरू निर्वाचित हुनुपर्छ भनेर मैले राखेको विषयलाई लिएर कार्य विभाजन गर्दा पूर्वाग्रह राखियो।’

मंगलबार बसेको माओवादी स्थायी समिती बैठकले १० प्रदेश इन्चार्ज परिवर्तन गर्ने निर्णय गरेको थियो।

हरिबोल गजुरेल–कोशी, लीलामणि पोखरेल– मधेस प्रदेश, अग्नि सापकोटा–  बागमती, दीनानाथ शर्मा– गण्डकी, चन्द्रप्रकाश खनाल– लुम्बिनी, कालीबहादुर मल्ल– कर्णाली, गिरिराजमणि पोखरेल–सुदूरपश्चिम प्रदेशकाे इन्चार्ज प्रस्ताव भएका थिए। 

उपाध्यक्षसमेत रहेका प्रवक्ता सापकोटालाई बागमती प्रदेश इन्चार्जमा ल्याउने तयारी छ। यसअघि उपमहासचिव जनार्दन शर्मा बागमती इन्चार्ज थिए। 

यसैगरी विशेष प्रदेशमा हितमान शाक्य, सम्पर्क समन्वय कमिटीमा महासचिव समेत रहेका देव गुरुङ, प्रवासअन्तर्गत मध्यपूर्व ब्युरोको इन्चार्जमा पम्फा भुसाल, भारतमा मातृका यादव र युरोपमा राम कार्कीलाई इन्चार्ज बनाउने प्रस्ताव बैठकमा पेश भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .