नेकपा माओवादी केन्द्रले नेताहरुको कार्य विभाजन गरेको छ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बुधबार बिहान बसेको पार्टी स्थायी समिति बैठकले नेताहरुको कार्यविभाजन गरेको हो।
मंगलबार बसेको माओवादी स्थायी समिती बैठकले १० प्रदेश इन्चार्ज परिवर्तन गर्ने निर्णय गरेको थियो।
आजकाे बैठकले हरिबोल गजुरेल-कोशी, लीलामणि पोखरेल-मधेस, अग्नि सापकोटा-बागमती, दीनानाथ शर्मा- गण्डकी, चन्द्रप्रकाश खनाल- लुम्बिनी, कालीबहादुर मल्ल- कर्णाली, गिरिराजमणि पोखरेललाई सुदूरपश्चिम प्रदेश इन्चार्ज बनाउने निर्णय गरेकाे हाे।
त्यसैगरी विशेष प्रदेश इन्चार्जमा हितमान शाक्य, सम्पर्क समन्वय कमिटीमा महासचिव देव गुरुङ, प्रवासअन्तर्गत मध्यपूर्व ब्युरोको इन्चार्जमा पम्फा भुसाल, भारतमा मातृका यादव र युरोपमा राम कार्कीलाई इन्चार्ज बनाउने निर्णय भएकाे सचिव दिनानाथ शर्माले जानकार दिए।
माओवादीकाे साउनमा बसेकाे केन्द्रीय समिति बैठकले माओवादी विशेष रुपान्तरण अभियानका लागि प्रदेश इन्चार्ज बनाएकाे थियाे। आजकाे स्थायी समिति बैठकले ती इन्चार्जहरुकाे हेरफेर गरेकाे हाे।
सह-इन्चार्ज पनि फेरिए
माओवादीले प्रदेश इन्चार्जसँगै सह-इन्चार्जहरू पनि फेरेको छ। माओवादीले कोसी प्रदेशको सह-इन्चार्जको जिम्मेवारी सावित्रीकुमार काफ्लेलाई दिएको छ ।
मधेश प्रदेशको सह-इन्चार्ज स्थायी कमिटी सदस्य विश्वनाथ साहलाई बनाइएको छ।
माओवादीले बागमती प्रदेशको इन्चार्जको जिम्मेवारी उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटालाई दिँदा सह-इन्चार्ज तोकेको छैन।
गण्डकी प्रदेश इन्चार्ज सचिव दीनानाथ शर्मालाई बनाउँदा सह-इन्चार्ज हरिराज अधिकारीलाई तोकिएको छ। लुम्बिनी प्रदेशको सह-इन्चार्जको जिम्मेवारी कुलप्रसाद केसीले पाएका छन्।
उता कर्णाली प्रदेशमा सह-इन्चार्ज तोक्न बाँकी छ। त्यसैगरी सह-इन्चार्ज केन्द्रीय सदस्य बिना मगरलाई बनाइएको छ।
प्रवास प्रदेश समिति मध्यपूर्वको सह-इन्चार्ज तोकिएको छैन। प्रवास प्रदेश समिति भारत प्रदेशको सह-इन्चार्ज टीबी पाठक बनेका छन्।
प्रवास प्रदेश समिति युरोप-अमेरिका सह-इन्चार्ज तोकिएको छैन। बैठकले विशेष प्रदेश समितिको सह-इन्चार्ज यशोदा सुवेदीलाई बनाएको छ।
Shares
प्रतिक्रिया