ad ad

खेल


करणले दिलाए नेदरल्यान्ड्सविरुद्ध नेपाललाई पहिलो सफलता

करणले दिलाए नेदरल्यान्ड्सविरुद्ध नेपाललाई पहिलो सफलता

तस्बिर : सरोज नेपाल


नेपालखबर
फागुन १६, २०८० बुधबार ११:४६, काठमाडौँ

घरेलु मैदानमा जारी टी-२० आई त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा अलराउन्डर करण केसीले नेदरल्यान्ड्सविरुद्ध नेपाललाई पहिलो सफलता दिलाएका छन्। 

तेस्रो ओभरको पहिलो बलमा नै करणले ओपनर क्याक्स ओ डाउडलाई दीपेन्द्रसिंह ऐरी हातबाट क्याच आउट गराए। 

म्याक्स ओ डाउडले ४ रन बनाएका थिए। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिले फिल्डिङ रोजेको हो। 

नेपालले नामिबियाविरुद्धको खेलबाट टोलीमा दुई परिवर्तन गरेको छ। 

अविनास बोहोरा, विवेक कुमार यादव आजको खेलमा बेन्चमा छन्। उनीहरुको स्थानमा ललित राजवंशी र प्रतिश जिसी सुरुवाती ११ मा आएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .