ad ad

राजनीति


नयाँ गठबन्धन सरकारमा एमालेका पुरानै मन्त्री दोहोरिने सम्भावना

नयाँ गठबन्धन सरकारमा एमालेका पुरानै मन्त्री दोहोरिने सम्भावना

नेपालखबर
फागुन २२, २०८० मंगलबार ११:५९, काठमाडौँ

नयाँ सत्ता गठबन्धन निर्माण गरेका दलहरु मन्त्रालय भागबण्डामा जुटेका छन्। 

एमाले, माओवादी केन्द्र, रास्वपा र जसपा सम्मिलित नयाँ सत्ता गठबन्धनबाट सोमबार तीनजना मन्त्री नियुक्त भएका छन्। 

एमालेबाट पदम गिरी, माओवादीबाट हितबहादुर तामाङ र रास्वपाबाट डोलप्रसाद अर्यालले मन्त्री पदको शपथ लिए पनि उनीहरुको मन्त्रालयको टुंगो भने लागिसकेको छैन। 

शीर्ष नेताहरुबीच सम्बन्धित दलले पाउने मन्त्रालयको संख्याको टुंगो लागेपछि मात्रै मन्त्रीको टुंगो लाग्ने सम्भावना छ। सम्वत भोलि (बुधबार) सम्म दलहरुबीच मन्त्रालयको भागबण्डा टुंगो लाग्ने स्रोतले जनाएको छ। 

नयाँ सत्ता गठबन्धनमा एकीकृत समाजावादी, जनमत, नागरिक उन्मुक्ति र लोसपालाई पनि सहभागी गराउने प्रयास भइरहेको छ। 

एमालेले भने यसपटक विगतमा ३२ दिनमात्रै मन्त्री भएका नेतहरुलाई नै अवसर दिने सम्भावना रहेको एमाले निकट स्रोतले जनाएको छ। 

अघिल्लो पटक एमालेको समर्थनमा प्रधानमन्त्री प्रचण्ड नियुक्त हुँदा एमालेबाट आठजना मन्त्रि नियुक्त भएका थिए। 

त्यतिबेला एमालेबाट विष्णु पौडेल अर्थ, विमला पौडेल परराष्ट्र, ज्वालाकुमारी साह कृषि, हरि उप्रेती रक्षा, पदम गिरी स्वास्थ्य, राजेन्द्र राई भूमि व्यवस्था, भगवती चौधरी महिला बालबालिका र दामोदर भण्डारी उद्योगमन्त्री नियुक्त भएका थिए। 

अहिले विमला पौडेल सांसद छैनन्। उनी राष्ट्रियसभामा ६ वर्षे कार्यकाल पूरा गरेर दुई दिनअघि नै बिदा भइसकेकी छन्। प्रचण्ड नेतृतवको अघिल्लो सरकारमा एमालेको नेतृत्व गर्दै अर्थमन्त्री बनेका विष्णु पौडेल यसपटक सरकारमा जाने सम्भावन छैन। 

अर्थमन्त्री एमालेको भागमा नपर्ने भएपछि पौडेल सरकारमा नजाने भएका हुन्। 

विष्णु पौडेल र  विमला पौडेलबाहेक अघिल्लो पटक ३२ दिनमात्रै मन्त्री बनेका ६ नेतालाई एमालेले फेरि पनि सरकारमा पठाउने तयारी गरेको एमाले स्रोतले जनाएको छ। 

‘गठबन्धनमा सहभागी हुने दल र मन्त्रालयको टुंगो लागेपछि मात्रै एमाले कसको नेतृत्वमा सरकारमा जान्छ भन्ने कुराको टुंगो लाग्छ। यसपटक पनि पुरानै अनुहार मन्त्रीमा दाेहाेरिने सम्भावना छ’ एमालेका एक नेताले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .