ad ad

राजनीति


राष्ट्रिय सभा अध्यक्षको चुनाव सार्न कांग्रेसले गरेको प्रयास असफल

राष्ट्रिय सभा अध्यक्षको चुनाव सार्न कांग्रेसले गरेको प्रयास असफल

फाइल तस्बिर


नेपालखबर
फागुन २७, २०८० आइतबार १३:४, काठमाडौँ

राष्ट्रियसभा अध्यक्षको चुनाव सार्न नेपाली कांग्रेसले गरेको प्रयास असफल भएको छ।

आइतबार बसेको राष्ट्रियसभाको कार्य व्यवस्था समिति बैठकमा कांग्रेसका सांसदहरुले चुनावको मिति सार्न प्रस्ताव गरेका थिए।

तर, सत्तारुढ दल माओवादी केन्द्र र एमाले सांसदहरुले निर्धारित मितिमै चुनाव गर्नुपर्ने अडान लिएपछि अध्यक्षको चुनाव फागुन २९ गते नै हुनेछ।

‘चुनाव सार्न प्रस्ताव आएको थियो, तर, घोषित मिति हेरफेर हुँदैन, सर्दैन’ उपाध्यक्ष उर्मिला अर्यालले नेपालखबरसँग भनिन्, ‘प्रस्तावमाथि छलफल भएरै चुनाव नसार्ने निर्णय भइसकेको छ।’

यसअघि कांग्रेस–माओवादी गठबन्धन हुँदा तोकिएको मिति कांग्रेसले सार्न खोज्नुलाई नयाँ गठबन्धन दलका नेताहरुले अर्थपूर्ण रुपमा लिएका छन्। यद्यपि, कांग्रेसको योजना पूरा हुन नपाएको एक नेताले बताए। 

माओवादीले फागुन १५ र १६ गते बसेको स्थायी समिति बैठकबाट राष्ट्रियसभा अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरिसकेको छ। 

राष्ट्रियसभा अध्यक्ष माओवादी केन्द्र र उपाध्यक्ष एमालेले लिने समझदारी गर्दै नयाँ गठबन्धन अघि बढिसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .