नव गठित मन्त्रिपरिषद्को वरीयतामा जसपाका अध्यक्ष उपेन्द्र यादव रास्वपाका सभापति रवि लामिछाने भन्दा पछि परेका छन्।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान मन्त्रिपरिषद्मा आइतबार उपप्रधानमन्त्रीसहित स्वास्थ्यमन्त्रीको शपथ लिएका यादवको वरीयता पाँचौँ नम्बरमा पुगेको हो।
बुधबार गठित मन्त्रिपरिषद्मा प्रधानमन्त्री प्रचण्डपछिको दोस्रो वरीयतामा एमालेका सचिव रघुवीर महासेठ छन्। तेस्रो वरीयतामा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्षसमेत रहेका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ छन्।
श्रेष्ठपछिको चौथो वरीयतामा रास्वपा सभापति लामिछाने छन्। लामिछाने उपप्रधानमन्त्रीसहित गृहमन्त्री छन्।
लामिछानेपछिको पाँचौँ वरीयतामा यादव कायम भएका हुन्। यादव मन्त्री बनेपछि वर्तमान मन्त्रिपरिषद्मा उपप्रधानमन्त्रीको संख्या चार पुगेको छ। मन्त्री परिषद् भने २२ सदस्यीय बनेकाे छ।
वर्तमान संसद्को वरीयतामा पनि जसपा पाँचौँ स्थानमा छ। संसदमा क्रमश : कांग्रेस, एमाले, माओवादी केन्द्र, रास्वपा र जसपा छन्।
हेर्नुहाेस् मन्त्रिपरिषद्काे वरीयताक्रम
Shares
प्रतिक्रिया